काठमाडौं । मंसिर १६ गते हुने निर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट करिब १ दर्जनको नाम सिफारिस भएको छ ।
कीर्तिपुर नगर समितिले उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको हो ।
सिफारिसको पहिलो सूचीमा नगर समिति सभापति कृष्णमान डंगोलको नाम छ । उनी आफैंले आफ्नो नाम पहिलो नम्बरमा राखेर अरु सबै आकांक्षीको नाम सिफारिस गरेका हुन् ।
अन्य आकांक्षीमा बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन छन् ।
कार्यकाल पूरा नगरी निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी जमुनाको नाम समेत चौथो नम्बरमा सिफारिस गरिएको छ । कीर्तिपुरको मेयरमा एमालेबा डा।सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट शिवलाल महर्जनको नाम सिफारिस भएको छ ।