काठमाडौं । सिन्धुली, दुधौली नगरपालिका-१४ काली खोला बस्ने २६ वर्षीय नवराज खड्काको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा पानी तान्ने मोटरको स्विच थिच्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ जमुनी गाउँ बस्ने २५ वर्षीय धनिराम रैदासको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घर नजिकै रहेको विजुलीको पोलमा रहेको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय समिक्षा मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।