मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पीईएस ऊर्जा प्रणाली प्रविधि सुरु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
पीईएस ऊर्जा प्रणाली प्रविधि सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वभरका इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरहरुको संस्था आई-ट्रिपल ईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस)को आयोजनामा ऊर्जा प्रणाली प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पीईएसको नेपाल च्याप्टरको सहआयोजनामा भएको यो सम्मेलनमा १५ देशका करिब १०० प्रतिनिधि सहभागी रहेको सम्मेलनको प्राविधिक समितिका कोचेयर डा. सुजन अधिकारीले जानकारी दिए । पावरकन नामले चिनिने यो सम्मेलन ऊर्जा प्रणालीसम्बन्धी विश्वकै ठूलोमध्येको कार्यक्रम मानिन्छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा उर्जा प्रणालीसम्मबन्धी ७७ वटा पेपरहरु प्रस्तुत हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै आई ट्रिपल ई- पावर एन्ड इनर्जी सोसाइटीकी पूर्वअध्यक्ष जेसिका बियानले यो सम्मेलनले उर्जा क्षेत्रमा अहिले भइरहेका र भोलि हुने परिवर्ननले भविष्यको पुस्तालाई कसरी लाभान्वित बनाउन सकिन्छ भन्ने विषयलाई दिशा निर्देश गर्ने जनाइन् । यो संसारभरिका इलेक्ट्रिकल इन्जिनियरहरूलाई जोड्ने महत्वपूर्ण कार्यक्रम भएको उनले जनाइन् ।

अष्ट्रेलियन इनर्जी मार्केट अपरेटरका रणनीतिक सल्लाहकार डिन सर्राफीले अहिलेको विश्व उर्जा संक्रमणको चौबाटोमा रहेको जनाए । ‘आधुनिक ऊर्जा प्रणालीले नवीकरणीय उर्जालाई उच्चस्तरमा निरन्तर रुपमा एकीकृत गर्दै लगेको छ र यो विकासका कारण विभिन्न चुनौतीहरु पनि सामना गरिरहेको छ, ‘ उनले भने, ‘हामी केन्द्रीकृत उर्जा स्रोतबाट उपभोक्ता उर्जा स्रोततर्फ अघि बढेका छौँ ।’ यस्ता परिवर्तनबारे जान्न र भोलिको भविष्यमा के गर्ने भन्नेबारे छलफल गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने उनले जनाए ।

आईट्रिपलई-पीईएसका भाइस प्रेसिडेन्ट निर्मल नायरले उर्जा क्षेत्रका चुनौतीपूर्ण विषयहरुमा विद्यार्थीहरुलाई पारंगत बनाउन आईट्रिपले इन्जिनियरहरुलाई छात्रवृत्ति दिइरहेको जानकारी दिए ।

ऊर्जा मन्त्रालयका पूर्वसचिव दिनेशकुमार घिमिरेले विश्वासिलो र गुणस्तरीय उर्जा अहिलेको आवश्यकता रहेको बताए । ‘नेपालको उर्ज खपतमा ६१ हिस्सा बायोमास (दाउरा गुइँठा आदि)को छ । १० प्रतिशत नवीकरणीय उर्जाको छ र यो बढ्दो क्रममा छ’, उनले भने, ‘भविष्यमा दिगो उर्जा प्रणालीको विकास सबैका लागि महत्वपूर्ण हुनेछ ।’

कार्यक्रममा आईट्रिपलईको पावर एन्ड इनर्जी सोसाइटी (पीईएस) नेपाल च्याप्टरका अध्यक्ष प्रा. नवराज कार्कीले यति महत्वपूर्ण सम्मेलन काठमाडौँमा गर्न पाउनु नेपालका लागि गौरवको कुरा रहेको जनाए ।

चाइनिज सोसाइटी  अफ इलेक्ट्रिकल इन्जिनियरिङ र आई ट्रिपल ई पावर एन्ड इनर्जी सोसाइटीको पहलमा सन् १९९८ देखि भइरहेको सम्मेलन मूलतः एसिया प्यासिफिक मुलुकहरुमा आयोजना हुने गरेको छ । अहिले काठमाडौंमा यसको १६औँ संस्करण भइरहेको हो ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

५ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक