काठमाडौं । काठमाडौं महानगरपालिका-२६ ठमेल जे.पि.रोड नजिकै डेरा गरी बस्ने पर्सा वीरगंज घर भएकी ५३ वर्षीया सरला मानन्धर र सिन्धुली घर भएका २६ वर्षीय नारायण प्रसाद चौलागाईको कोठाबाट नगद तथा सुनका विभिन्न गरगहना गरी करिब ११ लाख ८३ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।