काठमाडौं । नेपालीहरूकाे महान् दाेश्राे ठूलाे महान् पर्व तिहार, न्हूदँ नजिकिएसँगै राजधानीका शहरहरूमा चहलपहल अचाक्ली बढेकाे छ ।
काठमाडौंका असन, इन्द्रचोक लगायत बजारमा फूलमाला, झिलिमिली बत्ती, माटाका पाला किन्नेहरूको घुइँचो नै लागेको छ। यमपञ्चकअन्तर्गत बुधबार काग तिहार मनाइएको छ।
भाेलि बिहीबार कुकुर तिहारका साथै लक्ष्मीपूजा समेत भएकाले पूजा–अर्चनाका लागि कुचो, नाङ्लो, भोगटे, भाँडावर्तन आदि सामग्री किन्न बजार क्षेत्रमा ग्राहकको घुइँचो लागेको हो। त्यसमा पनि तिहार पर्व झीलिमिलि बत्ति तथा रंगहरूको पर्व हो।
घरकाे कोठा, आँगनमा आकर्षक रंगोली, मन्द बनाउने समेत चलन रहेकाे छ । त्यसका लागि रङ खरिद गर्नेहरू पनि बजारमा पुगेका छन्।
तिहारलाई भ्रातृत्वको पर्वका रूपमा मनाइन्छ । नेवार समुदायले स्वन्ति नखः भनेर तीन दिन मनाइन्छ भने दिदीबहिनीहरूले दाजुभाइहरूलाई सप्तरंगी टीका लगाएर लामो आयु र आरोग्यको कामनासहित लत्ताकपडा र मिष्ठान्न दिएर भाइतिका तथा नेवार समुदाय किजाः पुजा मनाइन्छ । यसै पर्वमा दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई उपहार दिने प्रचलन छ।
जसका लागि भाइमसला लगायत सामग्री किन्नेहरू पनि बजारमा घुइचाे नै लागेकाे छ । याे महान् पर्व नजिकिदाँ ग्राहकहरूको चहलपहल बढ्दा मनग्ये व्यापारबाट आम्दानी हुने गरेकाे व्यवसायीहरू जनाउँछन् ।