खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले तिहार, नेपाल सम्वत् तथा छठको बेला सावधानी अपनाउन अग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले सूचना जारी गर्दै तिहार, नेपाल सम्वत् र छठमा सावधानी अपनाउन आग्रह गरेका हुन् ।
दीपावलीका लागि बालेको बत्तीबाट आगजनी हुने, गैरकानुी पटकाजन्य वस्तु प्रयोगबाट जिउज्यानको क्षति हुनका साथै मादक पदार्थ सेवनबाट घर परिवार, समाजमा अशान्ति हुनका साथै जुवा तथा सट्टेबाजी खेलबाट धनमाल क्षति हुने भएकाले यसप्रति सतर्क रहन आग्रह गरेको हो ।
तिहारको बेला राति ११ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने समेत सूचनामा उल्लेख छ ।