काठमाडौं । मोरङ, बेलबारी नगरपालिका-७ नहरचोक बस्ने ५० वर्षीय गणेश चौधरीको घरमा मंगलबार राति आगलागी हुँदा घर तथा विभिन्न फर्निचरका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका-६ लेकसाइड स्टेट नम्बर १४ स्थित रनिल पैजुको चान्स क्वालिटी स्पा हाउसमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।