आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

“आई लभ यू” भन्नेहरुलेनै  “आई हेट यू” भन्ने दिन नजिकिदै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
“आई लभ यू” भन्नेहरुलेनै  “आई हेट यू” भन्ने दिन नजिकिदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

खडग पाण्डे

एक जना ठूलै राजनीतिक नेताले आफ्नो फेसबुकमा स्टाटस राखेछन – “हिजो रातीको पार्टिमा मैले जम्मा आधा बोटल मात्र रक्सी पिएको थिए। मलाई विश्वास थियो कि मैले ड्राईभ गर्न सक्दथे, तर म जिम्मेवार राजनीतिक नेता र कर्तब्यनिष्ट नागरिक भएको हुँदा मापसे गरेर ड्राईभिङ्ग गर्न चाहिन र ट्याक्सि लिएर घर फर्के”। उक्त स्टाट्समा पार्टी कार्यकर्ताहरुले नेताको प्रसंसा गरेर कमेन्ट गरे। आफ्नो नेताको कर्तब्यपरायण देखेर कार्यकर्ताहरुले गर्व महसुस गरे। धेरै कमेन्ट मध्य नेताको पनि नेताको कमेन्ट थियो- “ए भाई, तिमीले ट्याक्सि लिएर कता गयौ? पार्टी त तिम्रै घरमा थियो?”

हाम्रो देशको अहिलेको परिवेश पनि यस्तै भएको छ। सामाजिक संन्जालमा फलोअर्स, लाईक र कमेन्टले उच्चताको मापन हुने गर्दछ। केही कार्यकर्ता यस्ता छन जो कन्टेन्ट के हो?  त्यसको सत्यता र वास्तबिकता केही मतलव छैन, बस नेताको स्टाटस देखेपछी लाईक ठोक्ने गर्दछन। अहिले आएर पार्टिका एउटा ठुलो पङ्ती (कार्यकर्ताहरु) यी र यस्ता कुराहरुबाट अलग भएका छन। यो सानो लेखमा मैले संगत गरेका भिन्न राजनीतिक पार्टी भित्रका हिजोका सकृय कार्यकर्ताहरुको मनोभावना राख्ने अनुमती चाहन्छु।

नेपालमा बहुदलिय प्रणालिको सुरुवात  पछि प्राय: सबै नेपालीहरु आ-आफ्नो चेतना, सुचना वा प्रभावमा कुनै न कुनै राजनीतिक दलको सदस्य, समर्थक वा शुभ चिन्तक भए। कोही खुलेर, कोही मौन रुपमा। सबैले एक वा अर्को दलमा नजिकिए। दलिय राजनीतिसंग राजनीतिक दर्शन, रणनिती र कार्य-योजना थियो। राजनीतिक दलको आस्था र विश्वासको आधारमा मानिसहरु बिभाजित थिए। कारण थियो तिनिहरुका दु:खका कारण पंन्चायती निरंकुस राज्य ब्यबस्था थियो। राजनीतिक दलहरुले नेपाललाई सिङ्गापुर जस्तो बनाईने देखि युरोपेली जीवनस्तरमा लैजाने वचन दिएका थिए। बहुदल, माओवादी जनयुद्द हुँदै वर्तमान गणतान्त्रिक अवस्था सम्ममा आई पुग्दा  पंन्चायती ब्यबस्था, सामन्तवादको अवशेष निरंकुस राजतन्त्रसंग पौठे जोरी खेल्दै आएका दलहरु किन खुम्चिदै गए? कुनै दलको कार्यकर्ता हुँ भन्दा गौरव मान्ने जनता र कार्यकर्ताहरु  किन आफुले आँफैलाई राजनीतिक दलबाट अलग गर्दै गए? अहिले पार्टी भित्र के कस्ता मानिसहरु  मात्र बाँकी छन? त्यसबारे छोटो चर्चा गरौ।

पुराना र ठूला दल प्रती जनता र कार्यकर्ताको वितृष्णा थाहा पाउन कार्यकर्ताहरुको चरित्र र मनोभाव बुझौ।

समाजमा अहिले पनि एउटा यस्तो कार्यकर्ता समुह छ जो आफुले सदस्यता लिएको वा समर्थन गरेको दललाई छोड्न चाहदैन। उनिहरुमा आलोचनात्मक र विश्लेषणात्मक चेत छैन।  नेतालाई देवत्वकरण गरेका छन। नेताहरुले जे गर्दछन ठीक गर्दछन। ठीक बाहेक केही गर्दैनन। आफु सदस्य वा समर्थक भएको पार्टिमा निरन्तर लागिरहेकोमा गौरव गर्दछन। मेरा बा वा हजुर बाले समर्थन गरेको दल हो भन्नेमा घमण्ड गर्दछन। मानौ, त्यो दलको बिपक्षमा सोच्नु भनेको  पितृलाई अपमान गर्नु सरह हो।  यो यस्तो स्थाई प्रभाव हो आफैलाई दास बनाएर बेचि दिए पनि सहर्ष स्विकार गर्दछ। काग्रेसमा र पुराना पञ्चहरुको पार्टिमा यस्ता मान्छेहरुको बाहुल्यता छ। त्यसपछी  एमाले र माओवादी पनि यस्तो संख्या देख्न पाईन्छ। यीनिहरु खासमा दलका खाटी झोले हुन।

दोस्रो किसिमका कार्यकर्ताहरु अलिकती आलोचनात्मक र विश्लेषणात्मक छन। तर पनि आफुले सदस्यता लिएको वा समर्थन गरेको दल त्याग्न सक्दैनन। उनिहरुलाई थाहा छ, आफुले समर्थन गरेको दलले गतिलो काम गर्दैन। हिजो र आजको कामले पुष्टि भएको देखेकाछन। विश्वास नभए पनि छोड्न सक्दैनन। कारण हो, सबै दल उस्तै छन। किन बेकारमा दल बदल्नु? आफुले बिगतमा योगदान गरेको, आफुले चिने-जानेका मान्छेहरु छन। आफ्ना साथी संगती पनि छन। निस्कृय भएर पनि पार्टिमा नाम कटाएका छैनन। यस्ता मान्छेहरुको संख्या  ठुला भनिएका सबै संसद भित्र र बाहिरका दलहरुमा उलेख्य छन। राजनैतीक बैचारिक जरा सुके पनि सुकेको रुखमुनी बसेका निरह कार्यकर्ता।

तेस्रो दलभित्रका ती कार्यकर्ताहरु हुन जसले अहिले दलहरुलाई चलयमान बनाएका छन। दल भित्र यही वर्गको हाली-मुहाली छ। हिजो दलमा थोरै योगदान गरे जस्तो गरेका, अन्य दलबाट उछिट्टिएर आएका, अवसर र लाभको खोजिमा भौतारीरहेका कार्यकर्ता। दलबाट धेर-थोर लाभ लिएका वा व्यक्तिगत लाभकोलागि लालायित कार्यकर्ता। यी  र यस्ता कार्यकर्ताहरु नेता र  नेतृत्वको भजन गाउँने, दलाल र दल बिच बिचौलियाको भूमिकामा देखिन्छन। आफुलाई समाजको अगुवा ठान्ने यो समुह आवश्यकता अनुसार आफुलाई नेताको ढोके, हुक्के, बैठके, भान्से, बगैचे जस्तो भूमिकामा पनि ढाल्न सक्दछन। “मह काड्नेले हात चाट्न पाउनु पर्दछ” भन्ने मुल सिद्धान्तमा कृयाशिल छ यो समुह।  सत्ता र शक्ति केन्द्र भित्र स्थापित हुन मरिहत्य गर्ने यो समुह सबभन्दा बढी क्रान्तिकारी वा प्रजातान्त्रिक देखाउन खोज्दछन। आफु र आफ्नालाई बाहेक जन जिविकाको सवालमा दलले केही गर्दैन भन्ने थाहा हुँदा हुँदै पनि भ्रमको खेती गरेर आफ्नो भकारीमा बाली भित्र्याउने ध्याउन्नमा कृयाशिल यो समुह अहिलेको दल भित्रको चल्ता-पुर्जा देखिन्छ।

चौथो वर्ग सालीन तर उत्साह विहिन समुह हो। पढेलेखेका, उमेर पाकेका, जीवन देखि थाकेका समुह।  मार्क्स, लेनिन, माओ, गान्धि, बिपी आदिको बारेमा जानेका वा जानेको देखाउने वर्ग। ईतिहास पढेका तर ईतिहासबाट केही नसिकेका समुह। भजन-  कृतन र द्द्न्द्दात्मक भौतिकवादलाई संगसंगै विश्वास गर्ने समुह। आफुले दिनु नपर्ने तर अझै केही पाईन्छ कि भनेर ढुकेर बसेको वर्ग। पार्टी समितिहरुमा सल्लाहकार वर्ग। मन्चमा बस्नु पर्ने वर्ग। खादा र मालाको आशमा दलमा लागेका समुह। तुलनात्मकरुपमा निष्कृय र दललाई कम क्षेती पुर्याउने वर्गका कार्यकर्ता।

पाचौ वर्गका कार्यकर्ता अली भिन्न छन। हुलको पछाडि हिंड्ने, मासु- भातमा रमाउने, कसैको आदेश तामेली गर्ने खेतला कार्यकर्ता। आफ्नो चेतना भन्दा पनि माहोलले परिचालित हुने कार्यकर्ता। बैचारिक राजनीतिक दर्शन, सिद्धान्त, आदर्श आदि संग कुनै साईनो नभएका यी कार्यकर्ता संसदिय राजनितिका निर्यायक भूमिकामा हुने गर्दछन। सिट्ठीको भरमा परिचालित हुने, मसलले मत ल्याउने, ताली ठोक्ने, जयजयकार र मुर्दावादको नारा लगाउने यीनै हुन।

के दलहरु भित्र माथि उल्लेख गरेका जस्ता मात्र कार्यकर्ताहरु बाहेक ईमान्दार कार्यकर्ताहरु छैनन? छन। अझै पनि जनस्तरमा निष्कलंक र ईमान्दार कार्यकर्ताहरु छन। तर त्यो संख्या खीइदै गएको छ। राजनीतिक बैचारिक दर्शन भन्दा पनि ईमान्दारिता, नैतीकता र जिम्मेवारीबोध लिदै गाउ समुदायमा कृयाशिल यी कार्यकर्ताहरुको आवाज ज्यादै झिनो छ। दलाल र बिचौलियाहरुको छायामा छ। लोपउन्मुख अवस्थामा छन।

माथि उल्लेखित त भए पुराना दलहरु र तिनका कार्यकर्ता। अहिले राजनीतिक बजारमा बैकल्पिक शक्तिको रुपमा उदयमान दल वा ब्यक्तिहरुको थोरै चर्चा गरौ। विगत चुनावमा “नो नट एगेन” को नारा लिएर आएका दल वा ब्यक्तिहरु। काण्डेश्वर महादेवको रुपमा उदाएका रवी लामिछनेको रास्वपा। काण्डै काण्डका महारथी भएर पनि रास्वपामा युवा आकर्षण देखिन्छ। रविका बिगतलाई भुल्नेहो भने सत्ता र शक्तिमा हुँदा खराव काम गरेनन। थोरै स्टन्ट गरे तर त्यो पुराना दलहरुका नेताहरुको भन्दा ज्यादै थोरै। के एउटै  मेलम्ची खानेपानिको दर्जनौ पटक उद्घाटन, कुस्मामा रेल स्टेसन, मेट्रो रेल आदि ईत्यादि स्टन्टहरु रविको स्टन्टलाई छायामा पार्ने खालका छैनन? रास्वपामा भएका युवा रास्वपाको निती, नेतृत्व र कार्यक्रम देखेर पत्यायर लागेका होईनन। पुराना दल र नेतृत्वको निकम्मापनबाट आजित भएर गएका हुन। विकल्पको खोजिमा गएका हुन। अहिले रास्वपाका कार्यकर्ताहरु तुलनात्मकरुपमा स्वार्थ रहित देखिन्छन।

साउथ ईन्डियन हिरोको रुपमा उदाएका बालेन्द्रले जे गरेका छन वा गर्न खोजेका छन त्यसले स्थापित मान्यतालाई प्रश्न उठाएको छ। ईक्ष्याशक्ति भयो भने ब्यक्तिले पनि केही गर्न सक्दो रहेछ भन्ने देखाउदै छन। अहिले सम्म कितावमा पढेका र पढाईएका नेतृत्वमा हुनु पर्ने गुण नभएपनी हुदो रहेछ भन्ने स्थापित गर्दै छन। युवाहरुको साथ भयो भने खानदानी दल र तिनका प्रतिनिधिहरुलाई पछार्न सकिन्छ भन्ने सन्देश दिएका छन। हुन त बालेन्द्रलाई गरिव, सुकुम्वासी र सडक पेटिमा ब्यवसाय गरेर गुजारा चलाऊने भुई मान्छेको उठिबास  गरेको आरोप छ। त्यसमा केही सत्यता छ। बिसौ बर्ष देखि सत्ताको केन्द्रमा हाली मुहाली गर्नेहरुले जिम्मा लिनु नपर्ने? अहिलेको राजनीतिक ब्यबस्था अनुसारको प्रतिनिधि पात्र हुन बालेन्द्र। संघिय राजधानीमा भएको सबै बेथितिहरु बालेन्द्रले बोक्नु पर्ने? बालेन्द्र आउनु पहिलेकाले पार्किङ्गको नाममा वा अर्को कुनै नाममा भए गरिएका उसुली उपर माथि धावा बोल्दा बिरोध हुनु स्वभाविक हो। कम बोलेर र थोरै काम गर्दा पनि जनताको स्यावासी लिन सकिदोरहेछ। राज्य संरचना, यथास्थितिवादी र दलाल पूँजीपति विरुद्द एक्लै उभिएर पनि सिर ठाडो भएका बालेन्द्र।

तित्राको जस्तो बोली भए पनि र आफुलाई छोटे महाराजा ठाने पनि धरानका हर्कले श्रम संस्कृतिको प्रवर्धन गरेका छन। यो आँफैमा नौलो चलन हो। हर्कलाई पनि जनताहरुले साथ दिएका छन।

माथि उल्लेखित पात्र, प्रवृति र मनोदसाबाट खन्दानी दलहरुले सिक्नु पर्दछ। च्याखे थाप्ने, धुपौरे, लोभि पापी, उरन्ठेउला वा जीवन देखि थाकेका कार्यकर्ताबाट न नेताको घरजम सुरक्षित छ न जनताको जन जिविका चल्दछ। राजनीतिक दर्शनलाई जनताको घर आगन र चुलो सम्म जोड्न सकेनन भने ईतिहासमा कुरुप पात्र र प्रवृतिको रुपमा लेखिने निस्चित छ। हिजो “आई लव यू” भन्ने ठुलो संख्या बिस्तारै आज “आई हेट यू” भन्न थालेका छन। चेतना भया।

 

 

 

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

५ घण्टा अगाडि
किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक