काठमाडौं । दाङ, राप्ती गाउँपालिका-५ सिसहनियास्थित सडकमा रा.१ ख १९९८ नम्बरको टिपरले बा.६५ प ६६३३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुगु सरू गाउँपालिका-६ बस्ने ३३ वर्षीय चित्र बहादुर शाहीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिसहनिया स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, बृन्दावन नगरपालिका-६ स्थित सडकमा ना.५१ प ७३१० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गरूडा नगरपालिका-४ बस्ने ५० वर्षीय उपेन्द्र पटेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुर बारामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको सरस्वती हस्पिटल गरूडामा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।