काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत लम्सालको सुनुवाइ भएको हो ।
बैठकमा लम्सालले आफ्नो कार्ययोजना पेस गरेकी छन् । लम्सालले पेस गरेको कार्ययोजनामा आफ्नो नाम समितिबाट अनुमोदन भए दुई देशको सम्बन्ध विस्तारका साथै बहुपक्षीय फोरमहरूमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्ने जनाएकी छन् ।
साथै उनले पर्यटन प्रवर्द्धन, उच्च आय र मर्यादित रोजगारीका अवसरहरूको खोजी गर्ने आफ्नो प्राथमिकतामा हुने जनाएकी छन् ।