काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलअघि गरिमा विकास बैंकले नेपाली खेलाडीको प्रोत्साहनका लागि प्रति गोल एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने विज्ञप्तिमार्फत जनाएको छ ।
नेपालमा फुटवल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । खेल साँझ साढे ६ बजेदेखि दशरथ रङ्गशालामा सुरु हुनेछ ।