आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रधानमन्त्री ओलीले चीनबाट पहिलो भ्रमण गर्ने तयारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री ओलीले चीनबाट पहिलो भ्रमण गर्ने तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट पहिलो भ्रमण गर्ने तयारी थालेका छन् । प्रधानमन्त्री बनेको तीन महिनापछि ओलीले उत्तरी छिमेकी राष्ट्र चीन भ्रमण गर्न लागेका हुन् । नेपालमा प्रधानमन्त्री हुने बित्तिकै पहिलो चर्चा विदेश भ्रमणको हुने गरेको छ । ओली पनि प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट निमन्त्रणा आउने आशमा थिए । तर, दक्षिणी छिमेकी भारतबाट भ्रमणको ग्रिन सिग्नल नआएपछि ओलीले चीनबाट भ्रमण थाल्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आउँदो मंसिर पहिलो साताभित्र चीन भ्रमणको तयारी थालेका छन् । प्रधानमन्त्री ओलीको भ्रणका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । सरकारको नेतृत्व गरेको सय दिन पूरा भएपछि प्रधानमन्त्री ओली पहिलो भ्रमणका रूपमा छिमेकी चीन जाने तयारीमा जुटेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ३ भदौमा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् । त्यतिबेला उनले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी पनि थिइन् । परराष्ट्रमन्त्री राणालाई भारतका प्रधानमन्त्री मोदीले उच्च महत्व दिएका थिए ।

गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेका थिए । सन् २०१९ मा नेपालले संविधान संशोधन गरेर नेपालको चुच्चे नक्सा बनाएपछि भारतीय प्रधानमन्त्री मोदीसँग ओलीको सम्बन्धमा सुधार आउन नसकिरहेका बेला अमेरिकामा भएको भेटले केही सुधार आउने आशा गरिएको थियो । सो भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निमन्त्रणा दिएका थिए ।

तर, मोदीले अनुकूल समय मिलाएर आउने कूटनीतिक जवाफ फर्काएका थिए । मोदीले भने प्रधानमन्त्री ओलीलाई सो समयमा पनि भारत भ्रमणको निम्तो दिएनन् । नेपालका प्रधानमन्त्री ओलीले सम्बन्ध सुधारका लागि मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए पनि स्वीकार गरेनन् । भारत भ्रमणका लागि तत्काल निमन्त्रणा आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लागेका हुन् । यसअघि प्रधानमन्त्री हुँदा ओलीले भारतबाटै पहिलो विदेश भ्रमण गरेका थिए । तर, पछिल्लो समय भारतसँगको सम्बन्धमा सुधार आउने संकेत नदेखेरै ओलीले चीनबाट भ्रमण थाल्न लागेको हुनसक्ने कूटनीतिज्ञहरू बताउँछन् ।

ओलीले चीन भ्रमणमा जानुअघि परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगति’bout फलोअप गर्न निर्देशन दिएको स्रोतले बतायो । चीन भ्रमण जानुअघि चीनको परियोजनाका रूपमा आएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’bout नेपालमा के कति प्रगति भयो ? त्यस’boutमा ओलीले चासो राखेका हुन् । चीनले नेपालमा बीआरआई परियोजनाको प्रतिबद्धता मात्रै होइन कार्यान्वयनमा पनि जाओस् भनेर प्रगति खोजिरहेको छ । त्यसैले पनि ओलीले बेइजिङ जानुअघि बीआरआईको कार्यप्रगति के कति भयो भनेर खोजेका हुन् ।

सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ । बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगति’bout चासो राखेका छन् । २०७५ सालमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले चीन भ्रमण गर्दा निकै उपलब्धि भएको मानिएको थियो । २०७५ असारमा ओलीले प्रधानमन्त्रीका रूपमा भ्रमण गर्दा केरुङ काठमाडौं रेल्वेसम्बन्धी परियोजनामा सहमति भएको थियो । यसैगरी, बेल्ट एन्ड रोड परियोजनामा गरिएको समझदारीपत्रको कार्यान्वयन गर्ने, कनेक्टिभिटीका मुख्य तत्वहरू सम्बोधन गर्दैै बन्दरगाह, रोड, रेल्वे, उड्डयनलगायतका विषयमा सम्झौता भएको थियो ।

प्रधानमन्त्री ओली मात्रै होइन यसअघि सुरुमा २०६५ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि प्रधानमन्त्री हुँदा आफ्नो पहिलो भ्रमण चीनबाट गरेर भारतलाई चुनौती दिएका थिए । पछि उनले त्यसलाई सच्याउँदै पहिलो औपचारिक भ्रमण भारतलाई नै भनेका थिए । त्यसपछि बनेका प्रधानमन्त्री झलनाथ खनालबाहेक हालसम्मका सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै भएको छ ।

२०६७ सालमा प्रधानमन्त्री बनेका खनालको पहिलो विदेश भ्रमण कम्बोडियाबाट भएको थियो । प्रधानमन्त्री नियुक्त हुँदा खनाललाई भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले पहिलो बधाई दिए पनि खनालले प्रधानमन्त्रीका रूपमा पहिलो विदेश भ्रमणमा कम्बोडियालाई रोजेका थिए । त्यसपछि पनि उनी प्रधानमन्त्री रहुन्जेल भारतको भ्रमणमा गएनन् ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१३ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक