सोम, कार्तिक २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवलाई सम्मान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवलाई सम्मान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं  उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल हुनु भएको भन्दै सम्मान गरिएको छ ।

मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरिएको हो ।
सोही कार्यक्रमलाई सम्बाधेन गर्नु हुँदै मन्त्री यादवले काठमाडौं  उपत्यकावासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आफु पूर्ण प्रतिबद्ध रहेका बताउनु भएको थियो । मन्त्री यादवले काठमाडौं  उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानीसलाई पानी नभइ नहुँने चिज हो, पानी बिना बाच्न सकिदैन, काठमाडौं  उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कमद चाल्छौँ ।”

काठमाडौँ उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधीहरुको साथ र सहयोगका कारण यसवर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको बताउनु हुँदै उहाँले सम्पूर्ण मेलम्चीवासीलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उपत्यकावासीहरुको साथ र सहयोगमा पानीको समस्या समाधान गर्न सकिने समेत मन्त्री यादवले बताउनुभयो ।

इतिहासमै पहिलो पटक वर्षायामपछि समयमै मेलम्चीको पानी काठमाडौं  उपत्यकामा ल्याउन आफ्नो प्रयास सफल भएको बताउनु हुँदै मन्त्री यादवले काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले आज गरेको सम्मानले आफुलाई गर्व र थप काम गर्न प्रेरणा प्रदान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई गरिएको यो सम्मानले नागरिकका अपेक्षाहरू पूरा गर्न थप ऊर्जा दिएको छ । निरन्तर गुणस्तरीय सेवा गर्दै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउने मेरो यात्रा जारी रहनेछ । सहयोग र सुझावका लागि सबैलाई धन्यवाद छ ।”
दक्षिणकालीका नागरिक, मेलम्चीवासीहरुसँग हात जोडेर आफुले काठमाडौं  उपत्यकामा पानी ल्याउन सफल भएको बताउनु हुँदै मन्त्री यादवले सरकारले नागरिकका गुनासा र मागलाई सम्बोधन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जलस्रोतको धनी देश नेपालमा पानीका लागि संघर्ष समिति बनाउनु पर्ने अवस्था आउनु दु:खद पूर्ण कुरा हो । नागरिकलाई के आवश्यक छ, उनीहरुका माग के हुन सरकारले पुरा गर्नु उसको दायित्व हो ।”

यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासाहरु सम्बोधन गर्नका लागि सधै अग्रसर रहेको बताउनुभयो । कोटेश्वर क्षेत्रमा ओभरहेड ट्याङ्की निर्माणका लागि त्यहाँका स्थानीयवासी एवं संघर्ष समितिले राखेका मागका विषयमा मन्त्री यादवले ओभरहेड ट्याङ्की निर्माणका लागि आफुले बजेट बिनियोजन गराउने प्रतिबद्धता जनाउनुभयो ।

पेप्सीकोला, जडिबुटी क्षेत्रमा खानेपानीको पाइप यसैवर्ष बिस्तार गरिने समेत मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “पेप्सीकोला, जडिबुटी क्षेत्रमा खानेपानीको पाइप यसैवर्ष बिस्तार गर्छु, मेरो प्रतबद्धता भयो ।” एक छुट्टै प्रशङ्गमा बोल्नु हुँदै मन्त्री यादवले ठेकेदारको लापरवाहीका कारण समयमै नागरिकले खानेपानीका मिटर पाउन नसकेकाले खानेपानीको मिटर समयमै नदिने ठेकेदारको म्यादन नथपेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमै मिटर नदिने तर पटक पटक म्याद थप गरेर जनतालाई दु:ख दिने लापरवाही गर्ने ठेकेदारको मैले म्याद थपेन, अब नयाँ टेण्डर निकालेर मिटर नपाउने समस्याको अन्त गर्दैछौँ ।” यसैगरी मन्त्री यादवले काठमाडौं  उपत्यकामा खानेपानीको समस्या समाधानका लागि सिस्नेरीबाट पनि पानी ल्याउने पहल भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यक छ, अहिले जम्मा १७ करोड लिटर पानी बितरण गरिरहेका छौँ, हामीले थुप्रै योजना अघि सारेर यहाँको पानीको समस्या समाधान गर्ने छौँ ।”

सोही कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेश सभा सदस्य सुनिल केसीले यसवर्ष समयमै मेलम्ची लगायतका क्षेत्रबाट पानी ल्याएर नागरिकलाई सुबिधा दिनु भएको भन्दै मन्त्री यादवको खुलेरै प्रसंसा गर्नु भएको थियो । मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात हालसम्म उहाँले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै आज आइतबार काठमाडौं  उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा आयोजना गरेको स्वागतम् तथा धन्यवाद ज्ञापन कार्यक्रम २०८१ मा सम्मान पत्र सहित मन्त्री यादवलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

भिमरावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने

३ मिनेट अगाडि
एक साता अगाडि हराएका व्यक्ति मृत फेला

एक साता अगाडि हराएका व्यक्ति मृत फेला

४० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

नेपाली कम्युनिस्ट पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगे

मेलम्ची खानेपानीकाे पानी पथान्तरण चार दिनदेखि ठप्प

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

शिक्षक संगठनहरूलाई मान्यता नदिने

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी ‘राइट फर राइट्स’ अभियान सुरू

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक