मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

काठमाडौं–तराई द्रुतमार्ग: गति बढाउन काम धमाधम

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
काठमाडौं–तराई द्रुतमार्ग: गति बढाउन काम धमाधम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेश द्रुतमार्गको प्रगति सात वर्षमा ३६.४२ प्रतिशतमा मात्रैमा सीमित भएको छ । आयोजना निर्माणको काम चालु आर्थिक वर्ष २०८१/८२ को त्रैमासिक अर्थात् असोज मसान्तसम्म भौतिक प्रगति ३६.४२ प्रतिशत रहेको नेपाली सेनाका सहायक रथी एवं सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिनुभयो । काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३८.५५ प्रतिशत छ ।

आयोजनाको समष्टिगत कार्ययोजना अन्तर्गत रहेका १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापन निर्णय बाँकी रहेकाले खरिद प्रव्रिmया सुरु हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।

आयोजना अन्तर्गतका जम्मा छ वटा सुरुङमार्गको कुल लम्बाइ १०.३०९ किलोमिटर छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुरुङमार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाइ तीन हजार ३५५ मिटरमध्ये दायाँ टनेल तीन हजार ३२२ मिटरमध्ये दुई हजार २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने काम सम्पन्न भएको छ । बायाँ टनेल तीन हजार ३८६ मिटरमध्ये दुई हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ ।

प्याकेज नं. २ अन्तर्गत धेद्रे सुरुङमार्गको जम्मा लम्बाइ एक हजार ६९१ मिटरमध्ये बायाँ सुरुङको छ भने निजगढबाट काठमाडौंतर्फ जाने दायाँ टनेल एक हजार ६५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको (ब्रेक थ्रु भएको) थियो । प्याकेज नं. ३ अन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा पर्ने लेनडाँडामा रहेको जोडी सुरुङ निजगढबाट काठमाडौंतर्फ आउने एक हजार ६१२ मिटर लामो सुरुङमार्ग असारमा र काठमाडौंबाट निजगढतर्फ जाने एक हजार ६३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको थियो ।

प्याकेज नं. ४ अन्तर्गत एक हजार मिटर लम्बाइको देवीचौर सुरुङ र प्याकेज नं. ५ अन्तर्गतको ३९० मिटर लम्बाइको सिसौटार सुरुङको खरिद सम्झौता सम्पन्न भई डिजाइनको व्रmममा रहेको नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै प्याकेज नं. ६ अन्तर्गतको दुई हजार २५० मिटरको चन्द्राम भिर सुरुङको पोर्टल तयारीको कार्य भइरहेको छ ।

आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानमा रहेका पुलहरूमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा पुलको निर्माण कार्य सम्पन्न भएको छ । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलको संरचना निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ ।

जग्गा अधिग्रहण. स्वीकृत वातावरण प्रभाव मूल्याङ्कन (इआइए) तथा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन (एसइआइए) बमोजिम आयोजना निर्माणका लागि जम्मा करिब १७ हजार ६५१ रोपनी जग्गा अधिग्रहण आवश्यकमध्ये व्यक्तिगत जग्गा पाँच हजार ४८७ रोपनी छ । हालसम्म पाँच हजार २०४ रोपनी व्यक्तिगत जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा चार हजार ८११ रोपनी अधिग्रहण सम्पन्न भइसकेको र ३९४ रोपनी अधिग्रहण बाँकी रहेको सेनाले जनाएको छ ।

अधिग्रहण बाँकी उक्त जग्गामध्ये खोकना–बुङमती खण्डको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी २०६ रोपनी, मूल्य निर्धारण हुन बाँकी जग्गा १६५ रोपनीसहित करिब ३७१ रोपनी तथा मकवानपुर जिल्लामा १६ रोपनी र काठमाडौँ जिल्लामा चार रोपनी जग्गा अधिग्रहण बाँकी रहेको छ । हालसम्म ३१ हजार ९५० वटा रुख कटान भएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को २०८० पुस १२ गतेको निर्णय अनुसार कटान स्वीकृति पाएका विभिन्न प्रजातिका चार हजार ३४५ रुखमध्ये हालसम्म तीन हजार ३३५ रुख कटान गरिएको छ । कटान गरिएका रुखको बदलामा हालसम्म सात लाख पाँच हजार ५५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको नेपाली सेनाले आफ्नो वेबसाइडमार्फत जानकारी दिएको हो ।

निर्माणको व्रmममा रेखाङ्कन अनुकूलन तथा परिमार्जित डिजाइनबमोजिम पूर्वनिर्धारित मार्गाधिकारभन्दा बाहिरको थप जग्गा अधिग्रहण तथा रुख कटानका लागि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति गर्ने गरिएको उल्लेख छ ।

द्रुतमार्गको २६ किलोमिटरदेखि ३५ किलोमिटरमा पर्ने महादेवटार, धेद्रे र लेनडाँडा खण्ड तथा ४९ किलोमिटरदेखि ७० किलोमिटरसम्म पर्ने राजदमार, बागदेव र निजगढ खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार २०८० पुस १२ गते जग्गा अधिग्रहण तथा रुख कटान स्वीकृति प्राप्त गरी कटान सम्पन्न भई बारा तथा निजगढ जिल्लामा कटान भएका रुख सम्बन्धित वन कार्यालयमा हस्तान्तरण भइसकेको छ । त्यसै गरी द्रुतमार्गको ३५ किलोमिटरदेखि ४९ किलोमिटरसम्म पर्ने रानीसेरा तथा बुदुने खण्डको पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन २०८१ वैशाख ७ गतेको वन तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट स्वीकृत प्राप्त भएको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को २०८१ भदौ २० गतेको निर्णयबमोजिम उक्त स्वीकृत पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार रुख कटान तथा जग्गा भोगाधिकार स्वीकृति प्राप्त भई वन मन्त्रालयसँग समझदारी हुने व्रmममा रहेको नेपाली सेनाले जनाएको छ ।

हाल निर्माणाधीन दु्रतमार्गको सबबेस, बायो इन्जिनियरिङ, रोडका साइड, पर्खाल लगाउने, सर्भिस रोड निर्माणलगायतका कार्य धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको यस काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ ।

२०७४ मा चार वर्षभित्र काम सक्ने गरी सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । २०८०–८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड पुगेको छ ।

चीनका छ वटा फरक फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौंसम्मको ढुवानी चार घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ । गोरखापत्र

 

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

४ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक