शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

सहकारी ठगी आरोपमा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सहकारी ठगी आरोपमा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विर्तामोड । सहकारी ठगी आरोपमा झापामा प्रदेश सांसदका छोरा सुमन खनाल पक्राउ परेका छन्। सहकारी ठगीमा संलग्न भएको भन्दै प्रहरीले झापा शिवसताक्षी नगरपालिका–३ स्थित उन्नति वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनाललाई पक्राउ गरेको हो।

वचतकर्ता र शेयर सदस्यको झण्डै डेढ करोड रुपियाँ अनियमितता भएको सो सहकारीमा संस्थाका अध्यक्ष खनालले आफूखुसी सहकारीको एक करोड ३८ लाख ३६ हजार ७७० रुपियाँ ठगी गरेको देखिएको  छ। पक्राउ परेका खनाल झापा क्षेत्र नम्बर ४ (क)बाट निर्वाचित एमालेका प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा हुन्।

कात्तिक ५ गते उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो। प्रदेश रजिष्ट्रार कार्यालयमा उजुरी परेर त्यहाँबाट परिपत्र आएपछि सहकारीका अध्यक्ष खनाललाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताउनुभएको छ। पक्राउ गरिएका खनाल हाल जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका छन्। उनलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक  चन्दले बताउनुभयो ।

सहकारीमा रकम फिर्ता नपाएपछि पीडितले  शिवसताक्षी नगरपालिकाको सहकारी शाखामा उजुरी दिएका थिए। सो उजुरीको विषयमा छानबिन गर्न नगरपालिकाले जिल्ला प्रहरी कार्यालयलाई सिफारिस गरेको थियो। भदौको तेस्रो साता खनालविरुद्ध उजुरी परेको थियो।

उक्त सहकारीको स्थापना कालदेखिकै अध्यक्ष रहनुभएका खनालले आर्थिक वर्ष २०७८/०७९ मा ७० हजार शेयर रकम हिनामिना गरेको शिवसत्ताक्षी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भाष्कर न्यौपानेको नेतृत्वमा गठित समितिको प्रतिवेदनमा उल्लेख छ। सोही प्रतिवेदन अनुसार खनालले विनाभौचर नै वचतकर्ताको रकम दुई लाख ६ हजार ८६८ रुपियाँ निकालेको पाइएको थियो।

वचतकर्ताको ४२ लाख नगद हिनामिना गरेको, वचतकर्ता तथा संकलकबाट हिसाबभन्दा बढी सङ्कलन भएको रकम जम्मा हुने उन्नति फन्ड एकाउन्टबाट आर्थिक वर्ष २०७९/८० मा दुई लाख ३६ हजार ८४० रुपियाँ निकालेर अध्यक्ष आफैँले आफ्नो वचत खातामा जम्मा गरेको लगायतका विषय प्रतिवेदनमा उल्लेख छ।

यस्तै आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणमा ४१ लाख ६८ हजार ३७७ रुपियाँ नगद मौज्दात भएको दाबी गरे पनि उक्त रकम अध्यक्षले व्यक्तिगत रूपमा चलाएको पाइएको थियो।

प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा उन्नति साकोसको नाममा ५ लाखको कर्जा संस्थाले शेयर सदस्यलाई लगानी गरेको नभई अध्यक्ष खनालले नै मनखुसी चलाएको पाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७८/७९ मा रमेश अधिकारीको नाममा रहेको एक लाख ९१ हजार ८४९ रुपियाँको कर्जा लगानी गरेको भए पनि उक्त व्यक्ति नै फेक रहेको अनुगमन समितिले जनाएको छ।

सञ्चालक समिति अध्यक्षले संस्था स्थापना भएदेखि नै संस्थाको नगद हिनामिना गरी व्यक्तिगत रूपमा चलाएको र उक्त रकममा संस्थाले ब्याज नपाएको हुँदा संस्थापक अध्यक्षबाट आर्थिक वर्ष २०७८/७९ सम्ममा ४४ लाख ३४ हजार १६७ ब्याज पाउनुपर्ने र आर्थिक वर्ष २०७९/८० मा १६ लाख ३१ हजार ३८७ रुपियाँ ब्याज थप गरी ६० लाख ६६ हजार १९६ ब्याज हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ।

अध्यक्ष खनालबाट सहकारीले    आर्थिक वर्ष  आर्थिक वर्ष २०७९/८० को अन्त्यमा एक करोड ६२ लाख ६२ हजार ३६९ रुपैयाँ पाउनुपर्ने देखिएको ’ प्रतिवेदनमा उल्लेख  छ।

यो पनि पढ्नुहोस्

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो आयोजना हुने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो आयोजना हुने

२० घण्टा अगाडि
यूएईविरुद्धको खेलमा नेपालले दुई विकेट गुमाए

यूएईविरुद्धको खेलमा नेपालले दुई विकेट गुमाए

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक