मङ्ल, कार्तिक २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्राधिकरणले लाइन काट्दा सबै उद्योगको उत्पादन ठप्प

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
थप ४६ वटा उद्योगको बिजुली काट्ने विद्युत् प्राधिकरणको तयारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएपछि नेपाल विद्युत् प्राधिकरणले लाइन काट्दा सबै उद्योगको उत्पादन ठप्प भएको छ । महसुल नबुझाएका ३२ उद्योगमा प्राधिकरणले लाइन दिएको छैन । यसले गर्दा यी सँगै सबै उद्योगको उत्पादन ठप्प भएको हो ।

प्राधिकरणले उद्योगहरूको लाइन काट्नुअघि महसुल बुझाउन ९० दिनको समयसीमा दिएको थियो । महसुल नतिरेका ४९ उद्योगमध्ये दुई वटा सार्वजनिक संस्थान छन् । उदयपुर सिमेन्ट उद्योग र हेटौँडा सिमेन्ट उद्योग लिमिटेडसँग हिसाब मिलान गर्न सकिने प्राधिकरणले जनाएको छ । यी दुई संस्थानबाट मात्रै प्राधिकरणले करिब ७८ करोड रुपैयाँ असुल गर्न बाँकी छ ।
४ उद्योगले किस्ताबन्दीमा महसुल बुझाउने लिखित प्रतिबद्धता जनाएका छन् । यिनीहरूले पहिलो किस्ता पनि बुझाएको प्राधिकरणले जानकारी दिएको छ । २ उद्योगले पूरै बक्यौता तिरेका छन् । थप दुई उद्योगले आइतबार किस्ताबन्दीमा रकम बुझाउने लिखित सहमति गर्दै केही बक्यौता तिरेका छन् ।
सात उद्योगले भने लाइन काट्ने निर्णयविरुद्ध अदालतबाट अन्तरिम आदेश लिएका छन् । यसकारण अहिले ३२ वटा उद्योगमा प्राधिकरणले लाइन दिएको छैन । बक्यौताको किस्ता तिरेका उद्योगलाई प्राधिकरणले तत्काल लाइन जडान गरिरहेको छ ।
लाइन काटिएका अधिकांश उद्योग सिमेन्ट र छडसँग सम्बन्धित छन् । यो समय निर्माण कार्यको लागि उपयुक्त समय पनि हो । वर्षा रोकिएसँगै पूर्वाधार विकासदेखि निजी क्षेत्रका निर्माणकार्य सुरु हुन्छन् । तर प्राधिकरणले लाइन नदिएपछि लगभग सबै उद्योगको उत्पादन ठप्प भएको उद्योगीहरूले जनाएका छन् ।
अर्घाखाँची सिमेन्टका अध्यक्ष पशुपति मुरारका बजार माग बढ्ने बेला लाइन काटिदिँदा उद्योगहरू ठुलो समस्यामा परेका जनाउँछन् ।

‘महसुल विवादित विषय हो । प्रमाण भए तिर्छौँ भन्दै आएका छौँ,’ उनी भन्छन्, ‘तर विवादको समाधान नगरी एकपक्षीय रूपमा प्राधिकरणले निर्णय लिँदा हामीलाई समस्या परेको छ ।’ यसै पनि एक तिहाइ क्षमतामा चलेका उद्योगलाई लाइन नदिँदा उत्पादन गर्न सक्ने अवस्थै नरहेको उनको भनाइ छ । अर्घाखाँची सिमेन्टले दैनिक दुई करोड क्षति बेहोरेको मुरारकाको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले ४४ करोड ८३ लाख ३२ हजार रुपैयाँ तिर्नुपर्ने छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले पनि लाइन काटिएपछि उद्योग बन्द हुँदा उद्योगी र राज्य दुवैलाई दैनिक ठुलो आर्थिक क्षति भइरहेको बताउँछन् । उनी भन्छन्, ‘मलाई जानकारी भएअनुसार ३२ उद्योगको उत्पादन पूर्ण ठप्प छ । यसले कसैलाई फाइदा गर्दैन ।’ यसको असर अल्पकालीन र दीर्घकालीन दुवै रूपमा पर्ने मारूको बुझाइ छ । उनी भन्छन्, ‘तत्काल सामग्रीको अभाव हुने, मूल्य बढ्ने हुनसक्छ । त्यसैगरी राम्रो औद्योगिक वातावरण नभएको सन्देश विश्व बजारमा पुगेर मुलुकलाई दीर्घकालीन असर पर्छ ।’

उद्योगी, व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि विज्ञप्ति जारी गर्दै विवादका कारण बारम्बार उद्योगहरूको बिजुलीको लाइन काटिँदा उत्पादन प्रभावित हुनुका साथै लगानीको वातावरणमा समेत प्रतिकूल असर परी गलत सन्देश जाने बताएको छ । यो विवाद वार्तामार्फत समाधान गर्न र तत्काल लाइन जोड्न महासंघले आग्रह गरेको छ ।

तर नेपाल विद्युत् प्राधिकरणले भने महसुल नबुझाउँदासम्म कुनै पनि हालतमा उद्योगको लाइन नजोडिने प्रस्ट पारेको छ । मन्त्रिपरिषद्ले महसुलको बक्यौता यकिन गरेर लाइन नकाट्ने निर्णय गरे मात्रै उद्योगको लाइन जोडिने विकल्प रहेको प्राधिकरणले जनाएको छ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक

५ घण्टा अगाडि
दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भौतारिएको समाजवादको यात्रा

व्यक्तिगत विवरण एकपटकलाई सच्याउन पाउने बाटो खुल्याे

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

एमालेले मुलुकभरका स्थानीय पालीकामा प्रदर्शन

मधेसकाे घटना लोकतान्त्रिक अभ्यासमाथिको अपमान

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट हाल्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक