शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’  सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। निबन्धकार ज्ञानेन्द्र विवशको नयाँ निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ सार्वजनिक भएको छ। निबन्ध, नियात्रा, कला र सांस्कृतिक लेखनमा स्पष्ट चिनारी बनाइसक्नुभएका उहाँले लेखेका निबन्ध, नियात्रा, कलापरक सचित्र जीवनी कृति र कलानिबन्धका पुस्तकहरू प्रकाशित छन्।

यस ‘अर्धकदको अवसान’ नामक निबन्धसङ्ग्रह निबन्धकार विवशको पन्ध्रौँ कृति हो। जसमा तीन दर्जन निबन्धहरू छन्। भुँडीपुराण प्रकाशनबाट प्रकाशित ४५० मूल्य रहेको यस सङ्ग्रहभित्र आफ्नो भनेको आफ्नै हुन्छ, प्रकृति तिमीलाई प्रणाम, आफैँ हामी आफ्नो होइनौँ, जीवन यादहरूकै दस्तावेज, प्रकृति तिमी भएर म, हेर्नुको सत्य, देख्नुको सौन्दर्य, फड्को मार्दै पाइलाहरू, अर्धकदको अवसान, शारदीय सौन्दर्य, ऋतुहरूमा मङ्सिर, सौन्दर्यको व्यञ्जन, प्रकृति र जिन्दगी, बादल बयान, भेटिनु-नभेटिनु, सौन्दर्य र सुगन्ध, नभेटिएको भेट आदि शीर्षकका ३६ वटा निबन्धहरू रहेका छन्। निबन्धको प्रकाशकीयमा उल्लेख भएअनुसार प्रत्येक निबन्धमा मूलतः प्रकृति, प्रेम र जीवनका जीवन्त अनुभूतिहरूलाई कलात्मक भाषाशैलीका माध्यमबाट अभिव्यक्त गरिएको छ।

निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगन्ती सुवासहरू पाइन्छन्। यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू छन्। हाम्रै पाखापखेराका सुसाइहरू छन्। हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू छन्। हाम्रै जीवन, समाज र समयका तस्बिरहरू छन्। वास्तवमा यो पुस्तक समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूप हो। अर्धकदको अवसानले समेटेका विचार-भावनाहरू निकै गम्भीर छन्। ती निबन्धात्मक विम्बमा अवतरित भएका सम्पूर्ण वर्णन-विवरणहरू नेपाली समाजका दस्तावेज हुन्। देश र जनतामा आएका दैवी घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेद आदि हाम्रै मनलाई स्पर्श गर्न आउँछन्। यिनमा तथ्यपूर्ण शब्द-तथ्याड्ढहरू छन्।

वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगले   ‘ज्ञानेन्द्र विवशका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित हुनु र तिनले पाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्नु ठूलो उपलब्धि हो भन्ने मलाई लाग्छ। अर्धकदको अवसान निबन्ध सङ्ग्रहभित्रका निबन्धहरू पढिरहँदा म आफैँले पनि यस्तो महसुस गरेको छु।’ नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठले पुस्तकमा उल्लेख गरेका छन्,  ‘निबन्धको उत्साहहीन तथ्यांकमा पनि निबन्धकार ज्ञानेन्द्र विवश निरन्तर अभियानमा लागिरहनुभएको छ।

जुनैै विषय र सन्दर्भका निबन्धमा पनि उहाँको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले निबन्धहरू हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन्। प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन्। ‘सुन्दर प्रकृतिका सौन्दर्यमा लेखकीय संवेदना तीव्र छ। प्रत्येक निबन्धले पाठकीय आकर्षण बटुल्ने र माया पाउने छ भन्ने विश्वाससहित यो पुस्तक यहाँहरूको हातमा सुम्पेका छौं।’ प्रकाशकीयमा भनिएको छ।

साहित्यकारका अन्य कृतिहरूमा ‘पीडाका अनुभूतिहरू’ (२०५८), ‘क्यानभासका तरङ्गहरू’ (वि.सं. २०५५), ‘राराकी अप्सरा’ (वि.सं. २०५८), ‘मृत्यु उत्सव’ (वि.सं. २०६०), ‘आकृतिको आवाज’ (वि.सं. २०६१), ‘प्रणय र पाइला’ (वि.सं. २०६१), ‘अन्नपूर्णाका विम्बहरू’ (वि.सं. २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (वि.सं. २०७०), ‘प्रसिद्ध नेपाली पौभा कलाकार’ (वि.सं. २०७०), ‘सुन्दरीचोक’ (वि.सं. २०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (वि.सं. २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमानसिंह मास्के’ (वि.सं. २०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (वि.सं. २०७८), ‘कलाकार सिद्धिमुनि शाक्य : जीवन र कला’ (वि.सं. २०७८) रहेका छन्।

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक