आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दर्शन सहकारी समस्याग्रस्त सहकारी घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दर्शन सहकारी समस्याग्रस्त सहकारी घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौँडा । काठमाडौंको कीर्तिपुरमा केन्द्रीय कार्यालय रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरिएको छ । आइतबार बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले कीर्तिपुर–९ मा कार्यालय रहेको सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

मन्त्रालय अन्तर्गतको सहकारी महाशाखा (रजिस्ट्रार)को कार्यालयले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८१ को उपदफा (१) बमोजिम दर्शन सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी रजिस्ट्रारको कार्यालयका कानुन अधिकृत मनोज कुमार गुप्ताका अनुसार सो सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको गुनासो र निरन्तरको छलफल पश्चात् पनि बचतकर्तासँगको सहमतिहरू कार्यान्वयन नभएकाले समस्याग्रस्त सहकारी घोषणा गरिएको हो ।
प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ को उपदफा (१)मा कुनै सहकारीको निरीक्षण तथा छानबिन गर्दा सदस्यको हित विपरीत हुने गरी कुनै कार्य गरेको, संस्था वा सङ्घले पुरा गर्नु पर्ने वित्तीय दायित्व पुरा नगरेको वा भुक्तानी गर्नु पर्ने दायित्व भुक्तानी गर्न नसकेको वा भुक्तानी गर्न नसक्ने अवस्था भएको, सदस्यहरूको बचत निर्धारित सर्त बमोजिम फिर्ता गर्न नसकेको, ऐन तथा नियम विनियम विपरीत हुने गरी संस्था वा सङ्घ सञ्चालन गरेको, संस्था वा सङ्घ दामासाहीमा पर्न सक्ने अवस्थामा भएको वा गम्भीर आर्थिक कठिनाइ परेको, संस्था वा सङ्घको उद्देश्य विपरीत कार्य गरेको, समस्याग्रस्त भएको भनी संस्थाका कम्तीमा २५ जना सदस्यहरूले रजिस्ट्रार समक्ष निवेदन दिएमा कानुन अनुसार समस्याग्रस्त घोषणा गर्न सक्ने व्यवस्था रहेको उनले जनाए ।
सोही अनुसार छानबिनका क्रममा बचतकर्ताको रकम फिर्ता गर्न नसकेकाले सहकारी रजिस्ट्रारको कार्यालयको सिफारिसमा मन्त्रालयले सो सहकारीलाई समस्याग्रस्त घोषणा गरेको उनले जनाए ।
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागमती प्रदेश अन्तर्गतको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा २०७८ वैशाख ९ मा ३३३१/०६७/०६८ नम्बर सहित दर्ता कायम भएको उनले बताए । सो सहकारी विरुद्ध २०० बढी सदस्यहरूले बचत रकम फिर्ता माग गर्दै उजरी दर्ता गरेको र पटक पटकको छलफलमा भएका सहमति सञ्चालन समितिले कार्यान्वयन नगरेपछि सदस्यहरूको सुझाव अनुसार समस्याग्रस्त घोषणा गरिएको कानुन अधिकृत गुप्ताले जनाए।
सहकारीका सदस्यहरूको उजुरी प्राप्त भएपछि छलफलका लागि रजिस्ट्रार कार्यालयले पत्राचार गर्दा समेत सञ्चालकहरू सम्पर्कमा नआउने गरेको उनले बताए । २०८० पुस २ मा रजिस्ट्रार कार्यालयमा सहकारीका सञ्चालक समितिका अध्यक्ष दिनेश दर्शनधारीसहित १३८ जना सदस्यहरू बिच छलफल भएको गुप्ताले बताए । सो छलफलले प्रति महिना ५० लाख रुपैयाँका दरले बचत रकम फिर्ता गर्ने सहमति निकालेको भएपनि सञ्चालक समितिले कार्यान्वयन नगरेको उनले जनाए ।

सो पश्चात् २०८० वैशाखमा सहकारीका सञ्चालनसँग रजिस्ट्रारको कार्यालयले स्पष्टीकरण सोध्दै छलफल गरेपनि बचतकर्ताको समस्या समाधान हुन नकसेको गुप्ताको भनाई छ । २०८१ भदौ १२ मा बचतकर्ताको एक समूहले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सुझा दिएको र सोही अनुसार सञ्चालन समितिसँग छलफल गर्दा समितिले बहिस्कार गर्ने काम गरेको उनले जनाए । त्यसअघि २०८० असोज ६ मा नै कीर्तिपुर नगरपालिकाले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न निर्णयसहित रजिस्ट्रार कार्यालयमा सिफारिस गरेको थियो । सहकारीमा ९ हजार ८५७ जना सदस्य  र  कुल सम्पत्ति १ अर्ब ५७ करोड ४ लाख रुपैयाँ रहेको छ ।

सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख ८६ हजार रुपैयाँ रहेको छ । सहकारीको जम्मा सेयर पुँजी २२ करोड ४५ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ४ करोड २५ लाख ७९ हजार रुपैयाँ, ऋण लगानी १ अर्ब ४५ करोड १३ लाख ४५ हजार रुपैयाँ र तिर्नुपर्ने बाह्य ऋण ३४ करोड ७६ लाख १६ हजार रुपैयाँ देखिएको छ ।

दर्शन सहकारी २०७८ मा सोनित्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड र आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग एकीकरण भएको थियो भने पछि निर्मल बुद्धभूमि सहकारीसँग पनि एकीकरण गरेको थियो । दर्शन सहकारीको आगामी जिम्मेवारी प्रदेश सरकार अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय काठमाडौंले लिनेछ । सो समितिले आवश्यक छानबिन तथा प्रक्रिया पुरा गरी बचतकर्ताको रकम फिर्ता गर्नेछ ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

५ घण्टा अगाडि
किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

किपू मंकाः धुकूको १२ औ बार्षिक साधारण सभा सम्पन्न (भिडियाेसहित)

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक