शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मनिला । फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुगेको उद्धारकर्मीले आइतबार बताएका छन्।

आँधीपछि आत्तिएर एउटा तालमा हाम फालेका दर्जनौँ मानिस अझै हराइरहेका छन् भने उनीहरूको खोजी भइरहेको छ। गत अक्टोबर २४ मा फिलिपिन्समा आएको ‘ट्रामी’ यस वर्षको सबैभन्दा घातक आँधीमध्ये एक थियो।

राष्ट्रिय विपद् निकायका अनुसार भूकम्पका कारण पाँच लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् भने कम्तीमा ३६ जना हराइरहेका छन्।

सबैभन्दा बढी प्रभावित बिकोल क्षेत्रमा प्रहरीले ३८ जनाको डुबेर मृत्यु भएको जनाएको छ। बिकोलका क्षेत्रीय प्रहरी निर्देशक आन्द्रे डिजोनले एएफपीसँग भने, ‘हामीलाई अझै पनि धेरै फोन आइरहेका छन् र हामी सकेसम्म धेरै मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छौँ।
आशा छ, त्यहाँ थप मृत्यु हुनेछैन।’

डिजोनले यस क्षेत्रको क्यामारिन सुर प्रान्तका ‘धेरै बासिन्दाहरू’ अझै पनि आफ्नो घरको छत र माथिल्लो तलामा फसेको बताए। मनिलाको दक्षिणमा पर्ने बाटाङ्गासमा मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको प्रान्तीय प्रहरी प्रमुख ज्याकिन्टो मालिनाओले एएफपीलाई जानकारी दिए।

क्याभिट प्रान्तमा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एएफपीको आधिकारिक प्रहरी र विपद् निकाय स्रोतका अनुसार अन्य प्रान्तमा थप पाँच जनाको शव फेला परेपछि मृतकको सङ्ख्या १०० पुगेको छ।

नागरिक सुरक्षा कार्यालयका एडगर पोसाडासले एएफपीसँग भने, ‘आगामी दिनमा अझै धेरै मानिसको मृत्यु भएको जानकारी आउने सम्भावना छ किनभने उद्धारकर्ताहरू पहिलेभन्दा फरक स्थानमा उद्धारका लागि पुगेका छन्।’

प्रहरी, तटरक्षक र मरिन डाइभिङ टोलीले आइतबार पनि बाटाङ्गासको तालमा हामफालेका भनिएका सात परिवारको खोजी गरिरहेका छन्।

प्रान्तीय प्रहरी प्रमुख मालिनाओले भने, ‘पहाडको पानीले बालेटे शहरमा रहेको उनीहरूको घरमा पहिरो र बाढी ल्याएपछि उनीहरूको घर भत्किने डरमा आत्तिएर तालमा हाम फालेका थिए ।

बटाङ्गासमा अधिकांश को मृत्यु वर्षाका कारण आएको पहिरोका कारण भएको बताइएको छ। माटो, ढुङ्गा र ढलेका रूखको थुप्रोबाट २० जनाभन्दा बढीको शव निकालिएको छ भने कम्तीमा २० जना अझै हराइरहेको प्रहरीले जनाएको छ।

मालिनाओले भने, ‘सबै शव नभेटिएसम्म हामी खोजी जारी राख्ने छौँ।’

उत्तरी फिलिपिन्सको विभिन्न भागमा आएको बाढीका कारण करिब पाँच लाख ६० हजार मानिस विस्थापित भएको राष्ट्रिय विपद् निकायले आइतबार जनाएको छ।

प्रत्येक वर्ष करिब २० वटा ठूला आँधीबेहरीले फिलिपिन्स र यसको वरपरका घर र पूर्वाधारमा क्षति पुर्‍याउने गरेको छ भने दर्जनौं मानिसको ज्यान लिने गरेको छ।

एशिया–प्रशान्त क्षेत्रका आँधीबेहरीहरू समुद्र तटको नजिक बढ्दै गएको र जलवायु परिवर्तनका कारण जमिनमा अझ तीव्र र लामो समयसम्म टिक्ने आँधी आउने हालै गरिएको एक अध्ययनले देखाएको छ। रासस/एएफपी

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

९ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक