काठमाडौं । सत्तारुढ दलहरुले सरकारले १०० दिनमा गरेका कामको समीक्षा गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको संयुक्त बैठकले सरकारले १०० दिनमा गरेको कामको समीक्षा गरेका हुन्।
सत्तारुढ दलहरुले सरकारले मुलुकलाई आर्थिक संकटको अवस्थाबाट बाहिर निकाल्न, सुशासन र विकासको दिशामा अघि बढाउन महत्वपूर्ण कदम बढाएको निष्कर्ष निकालेका छन्।
बैठकले सरकारलाई थप प्रभावकारी बनाउन ७ बुँदे साझा दृष्टिकोण पनि सार्वजनिक गरेको छ।
यस्तो छ सत्तारुढ दलहरुको ७ बुँदे साझा दृष्टिकोणः