रूपन्देही । बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित सडकमा होराइजनबाट जैकुटीतर्फ जाँदै गरेको लु.६० प २८८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङजा गल्याङ नगरपालिका-१० बस्ने ४० वर्षीय पुरूषोत्तम खनालको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

