बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालको चर्चित हीरा ब्रान्ड क्लासिक डाइमन्डले यसपटक पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ले पाँचौँ सिजन  आयोजना गर्ने घोषणा गरेको छ ।

काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले आगामी माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट मोडलले फेस अफ क्लासिक डाइमन्डको उपाधिसहित १ लाख ५० हजार रुपैयाँ र एक वर्षसम्म क्लासिक डाइमन्डको ब्रान्ड एम्बेस्डरको जिम्मेवारी पाउने छन् । यस्तै उनले बलिउडमा पनि आफ्नो प्रस्तुति दिने अवसर पाउने छन् ।

यस प्रतियोगितामा सहभागी हुन आजबाट नै रजिस्ट्रेशन खुल्ला गरिएको छ । विगतमा यो प्रतियोगिताकी विजेता साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्रमा, अञ्जली लामाले न्युयोर्क फेशन सप्ताहमा, मुना गौचनले बलिउडमा आफूलाई स्थापित गरिसकेको पनि अध्यक्ष महर्जनले जानकारी गराए । ‘क्लासिक डाइमन्ड गहनासँग सम्बन्धित भएकाले हामीले यो कार्यक्रमबाट नेपालको फेशन र मोडलिङ क्षेत्रलाई पनि प्रवर्द्धन गर्दै आएका छौँ ।’- उनले भने ।

यो प्रतियोगिताको लागि नेपालमा काठमाडौं र पोखरामा अडिसन गरिने क्लासिक डायमण्डका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी गराए । ‘नेपालका अडिसन पछि हामी अडिसनमा चयन भएका मोडलहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिनेछौँ । त्यसपछि प्रतियोगीबाट विजेताहरू सहित उत्कृष्ट १० प्रतियोगीलाई क्लासिक डाइमन्ड फेशन तथा ज्वेलरी शोमा उतार्ने छौँ ।’- उनले भने ।

अमेरिकामा समेत तीन वटा आउटलेट चलाउँदै आएको क्लासिक डाइमन्डले अमेरिकामा रहेका नेपाली मोडलहरुबीच पनि अडिसन लिनेछ। सो अडिसनबाट चयन भएका मध्य दुई मोडललाई नेपाल ल्याएर ‘फेस अफ क्लासिक डाइमन्ड’को प्रतिस्पर्धामा उतार्ने क्लासिक डाइमन्डका अमेरिका संयोजक समीर महर्जनले जानकारी गराए । ‘अरूले नेपालबाट मोडलहरूलाई अमेरिका पठाउँछन् । तर हामीले यो प्रतियोगिताको लागि दुई जना नेपाली मुलकी मोडललाई अमेरिकाबाट नेपाल पठाउँछौँ।’

‘फेस अफ क्लासिक डाइमन्ड’को विजेताले एक लाख ५० हजार रुपैयाँ, फस्ट रनरअपले एक लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उनीहरूले क्लासिक डाइमन्डको विभिन्न परियोजनामा जोडिएर काम गर्ने अवसर पनि पाउने छन् । क्लासिक डाइमन्डको ग्रान्ड फेशन तथा ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा हुनेछ । सोही कार्यक्रममा ‘फेस अफ क्लासिक डाइमन्ड’का विजेताहरूलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई बलिउडका कोरियोग्राफर रेहान शाहले कोरियोग्राफी गर्नेछन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले ‘फेश अफ क्लासिक डाइमन्ड’ प्रतियोगिताले नेपालमा धेरै राम्रा मोडलहरूलाई यो क्षेत्रमा ल्याएको बताइन् । यो प्रतियोगिताका धेरै विजेता तथा सहभागीहरूले मिस नेपाललगायत विभिन्न प्रतियोगितामा भाग लिएर उपाधिसमेत जितेको उनले बताइन् ।

अर्की पूर्व मिस नेपाल अस्मी श्रेष्ठले पनि ‘फेस अफ क्लासिक डाइमन्ड’ प्रतियोगितामा जोडिन पाउँदा खुसी व्यक्त गरिन् । करिब ६ महिनाको तयारीबाट यसले नयाँ मोडलहरूलाई निखारेर मोडलिङ क्षेत्रमा ल्याउने गरेको उनले बताइन्। अन्तर्राष्ट्रिय राष्ट्रिय मोडल सविता कार्कीले पनि ‘फेस अफ क्लासिक डाइमन्ड’सँगको अनुभव पत्रकारहरूलाई सुनाइन् ।

यो पनि पढ्नुहोस्

पारिवारीक कथामा आधारित चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनी

पारिवारीक कथामा आधारित चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनी

३ दिन अगाडि
आठ वर्षपछि निर्देशनमा रेखा थापा

आठ वर्षपछि निर्देशनमा रेखा थापा

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक