शुक्र, कार्तिक २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिद्धान्त केन्द्रित राष्ट्रिय संगोष्ठी आयोजना गरिँदै

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
सिद्धान्त केन्द्रित राष्ट्रिय संगोष्ठी आयोजना गरिँदै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । समकालीन नेपालमा स्थितिगत्यात्मक प्रगतिवादको सान्दर्भिकता विषयक राष्ट्रिय संगोष्ठी यही कार्तिक १० गते, शनिबार आयोजना गरिँदैछ । स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तको सान्दर्भिकता बारे अनुसन्धान एवं वैचारिक विमर्श अगाडि बढाउने उद्देश्यले हात्तीवन, ललितपुरस्थित काठमाडौँ विश्वविद्यालय परिसरमा यो राष्ट्रिय संगोष्ठी आयोजना गरिएको आयोजक संस्था सहृदयता समाज नेपालले जानकारी दिएको छ । संगोष्ठीमा विभिन्न विश्वविद्यालयका विद्यावारिधि (पिएच.डी.) शोधार्थीहरू सहित २४ जनाले अनुसन्धानपत्र प्रस्तुत गर्दैछन् ।

संगोष्ठीको उद्घाटन प्रसिद्ध शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले गर्नुहुने छ र बीज वक्तव्य (कीनोट स्पीच) काठमाडौँ विश्वविद्यालयका प्राध्यापक, वरिष्ठ मनोचिकित्सक, सांस्कृतिक चिन्तक एवं लेखक प्रा.डा. अजय रिसालले दिनुहुनेछ । बीज वक्तव्यको शीर्षक “श्रीमद्भगवद्गीताको आलोकमा स्थितिगत्यात्मकता” रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रा.डा. कोइराला र प्रा.डा. रिसालका साथै अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवं प्रसिद्ध साहित्यकार डा. टि.एन. जोशी, नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने र डिभाइन पाथ इन्टरनेशनलकी अध्यक्ष, योगाचार्य एवं समाजशास्त्री योगिनी सरितानन्दीको मन्तव्य रहनेछ ।

संगोष्ठीको समापन सत्रमा प्रसिद्ध संस्कृतिविद् प्रा.डा. वीणा पौड्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं प्रसिद्ध समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक एवं विश्व संस्कृत दिवस कार्यपरिषद्का अध्यक्ष प्रा.डा. माधवप्रसाद पाण्डेय र सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक एवं गीता फर् लाइफ अभियानका अभियानकर्ता डा. हरिचन्द्र कमलीको मन्तव्य रहनेछ ।

यो संगोष्ठीमा प्यानल डिस्कसन (विद्वत् विमर्श) का दुईवटा सत्रहरू रहेका छन् । तिनमा विभिन्न विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा पेशाकर्मीहरूले स्थितिगत्यात्मक प्रगतिवादका विभिन्न आयामहरू बारे विचार विमर्श गर्ने बताइएको छ ।

काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख, जरोकिलो महाअभियानका संकल्पकर्ता एवं सिद्धान्तकार डा. निर्मलमणि अधिकारीले वि.सं. २०७६ सालमा आयोजित कूल नौवटा प्रवचन शृङ्खला मार्फत् “स्थितिगत्यात्मक प्रगतिवाद” सिद्धान्तको व्याख्या गर्नुभएको थियो । डा. अधिकारीले वैदिक दर्शनका आधारमा सामाजिक–सांस्कृतिक एवं अर्थ–राजनीतिक दृष्टिकोणबाट समाज विकासको सिद्धान्त प्रस्तुत गर्नुभएको हो । यस बारे विभिन्न भाषामा पुस्तकहरू, अनुसन्धानपत्र तथा लेखहरू प्रकाशित भइसकेका छन् ।
स्थितिगत्यात्मक प्रगतिवाद सिद्धान्तमा केन्द्रित भई नेपाल र विदेशमा पनि धेरै अनुसन्धानकर्ताहरूले अनुसन्धान गर्दैआएका छन् । यो सिद्धान्तको प्रयोग गरी हालसम्म सम्पन्न भइसकेका अनुसन्धानका निष्कर्ष सार्वजनिक गर्न साथै नयाँ अनुसन्धानलाई प्रवर्धन गर्नका लागि संगोष्ठीबाट विशेष योगदान पुग्ने अपेक्षा राखिएको साउथ एशियन युनिभर्सिटीका पिएच.डी. शोधार्थी एवं संगोष्ठीका संयोजक टेकराज कोइरालाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

नेप्से २५९६ अंक कायम

८ घण्टा अगाडि
राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रतिनिधि चयन देशभर हुने

रवि र छविराजको अन्य फाइलहरू मगाउन आदेश

वामपन्थीको नाममा नेताहरुको मिष्ठान्न भोजनालय

नयाँ शक्तिमा फूट चाहनेहरुलाई निराश बनाउनै पर्छ !

नियमित महाधिवेशन हुनुपर्ने पक्षमा पूर्वमन्त्री खड्का

विप्लव नेकपाद्वारा काठमाडौंमा प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक