सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्युतीय  कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
विद्युतीय  कारोबार सम्बन्धी मुद्दामा जेनेस सलुशनलाई सफाई
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  काठमाडौं जिल्ला अदालतले  बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी  जेनेस सलुशन विरुद्ध एक निजी कम्पनीले  दिएको जाहेरीको आधारमा दायर गरिएको अभियोगमा लगाइएको आरोपमा सफाई दिएको  छ।

न्यायाधीश  खिमानन्द भुसालको एकल इजलासले मंगलबार गरेको फैसला अनुसार  काठमाडौँस्थित  सुन्दर ग्रुप अफ कम्पनिजले जेनेस सलुशन विरुद्ध  दायर गरेको विद्युतीय  कारोबार सम्बन्धी मुद्दामा दावी नपुग्ने ठहर गरेको हो ।

अदालतको फैसलाको पूर्ण पाठ केही साता भित्र आउने अदालतका एक अधिकृतले जनाए।
अभियोग दावी नेपालस्थित जेनेस सलुशन कम्पनीको संचालक समिति सदस्य रहेकी ६२ वर्षीय रमा फुयाँल लगायतलाई प्रतिवादी बनाई दायर गरिएको थियो भने विभिन्न कारणले उक्त मुद्दा सुनुवाई सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।

अदालतको उक्त फैसलाको जेनेस सलुशनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत  अञ्जनी फुयाँलले स्वागत गरे।  “यो फैसलाले हामी निर्दोष  रहेको प्रमाणित गरेको छ र  हामीलाई दुख दिने मनसायले मात्रै उक्त मुद्दा दायर गरिएको थियो  भन्ने हाम्रो भनाइको पुष्टि भएको छ,” फुयाँलले भने।  ” जेनेस सलुशन नेपाल, बंगलादेश, फिनल्याण्ड, अमेरिका, स्पेन, नाइजेरिया लगायत संसारका दश ओटा मुलुकहरुमा आइटी क्षेत्रमा कार्यरत एक प्रतिष्ठित कम्पनी हो।  आफ्ना ग्राहकहरुलाई  उच्चस्तरीय सेवा प्रदान गर्न र आफ्ना ग्राहकहरुको डेटा सुरक्षित राख्ने काममा यस कम्पनीले कहिल्यै कुनै पनि प्रकारको कमी कमजोरी रहन नदिने कुरा प्रति हामी प्रतिबद्ध छौं ।”

करिब १५ वर्ष अगाडि विद्यार्थीको रूपमा बेलायत आएर झन्डै एक दशक प्रतिष्ठित विदेशी कम्पनीको आकर्षक रोजगारीमा रहेका उनले देशको लागि केही गरौँ भन्ने हुटहुटीका कारण जागीर छोडेर करिब ६ वर्ष अगाडि जेनेस सलुशनको स्थापना गरेका थिए। अहिले सम्म जेनेस सलुशनका १० ओटा मुलुकमा रहेका कार्यालयले सैयौं युवाहरुलाई रोजगारी प्रदान गरिरहेका  छन् भने अरु कैयौंलाई मेन्टरिंग तथा तालिम दिएका छन्।

“हामीले संसार भरिरहेका  नेपाली दूतावासहरुसंग मिलेर नेपाललाई  आइटीको उदाउँदो हबको रुपमा प्रबर्द्धन गर्न कार्यक्रमहरु गरिरहेका छौं। त्यस्तै हामीले संसारका प्रमुख टेक सम्मेलनहरु तथा अमेजनका ग्लोबल अफिसहरुमा गएर आइटी क्षेत्रमा नेपालका सम्भावनाहरुबारे प्रचारप्रसार गर्ने काम पनि गरिरहेका छौं।   सूचना प्रविधि क्षेत्रमा नेपालका सम्भावनाहरु प्रबर्द्धन गर्न हामी  प्रतिबद्ध छौं र यसमा सबैको सहयोगको अपेक्षा गर्दछौं, ” जेनेस सलुशनका सीइओ फुयाँलले भने।

प्रविधि क्षेत्रमा महिला सहभागिता बढाउन जेनेस सलुशनले शिक्वल फाउन्डेशन तथा गर्ल्स-इन-टेक जस्ता कार्यक्रमहरुलाई बढावा दिंदै आएको छ।  यसै गरी एडब्लुएस एकेडेमी, माइक्रोसफ्ट एकेडेमी तथा विश्वस्तरमै प्रविधि क्षेत्रका अन्य अग्रणी संस्थाहरुसंग सहकार्य गर्दै जेनेस सलुशनले नेपालका विभिन्न विश्वविद्यालयहरुका प्रविधि सम्बन्धी पाठ्यक्रम अद्यावधिक गर्न पनि सहयोग गरिरहेको छ।

नेपालमा कोभिड १९ महामारीका कारण  लकडाउन हुँदा पहिलो पटक जुम  भित्र्याएर जेनेस सलुशनले नेपालको व्यावसायिक तथा शैक्षिक क्षेत्रलाई क्रियाशील तुल्याउन योगदान पुराएको थियो।  अमेजन वेब सर्भिसेजको परामर्श साझेदारको रुपमा जेनेस सलुशनले क्लाउड सेवा मार्फत स्थानीय व्यवसायहरुलाई क्लाउड कम्प्युटिंग प्रविधि अपनाउन र तिनको डिजिटल पुनर्संरचनामा योगदान पु-याउँदै आएको छ। त्यस्तै अमेजन, गुगलजस्ता विश्वका प्रमुख टेक कम्पनीहरुसंग सम्बन्ध विस्तार गरी नेपाली व्यवसायहरुलाई  सेवा पुराउन पनि उक्त कम्पनी अग्रणी रहेको छ।

यो पनि पढ्नुहोस्

दुर्गा प्रसाईं रिहा

दुर्गा प्रसाईं रिहा

८ घण्टा अगाडि
नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

नेपाललाई इंग्ल्यान्डविरुद्ध चौथो सफलता मिल्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक