बुध, मंसिर ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक

xr:d:DAFFVkgSu8g:79,j:29983480153,t:22070312

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन्।

सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्का निर्णयमा बबई सिँचाइ आयोजनाका लागि ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिनेदेखि लिएर जनक शिक्षा सामग्री केन्द्र्रलाई हुलाक टिकट छाप्न दिनेसम्म विषय समेटिएका छन्।

यस्ता छन् निर्णयहरू :

१ . बबई सिँचाइ आयोजनाको लागि बर्दिया जिल्ला, गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने।
२. २०८१ कात्तिक २१ देखि २७ सम्म मेक्सिकोमा दुईपक्षीय र बहुपक्षीय बैठकहरूमा सहभागी हुन माननीय कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई स्वीकृति प्रदान गर्ने।

३. पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी  मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने।
४ .स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत  महावाणिज्यदूतहरूको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने।
५. २०८१ मङ्सिर २५ देखि २७ सम्म फिलिपिन्सको मनिलामा आयोजना हुने ‘High Level 16th Regional Environmentally Sustainable Transport Forum in Asia ’ विषयक कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
६.२०८१ कात्तिक १३ देखि १५ सम्म कतारमा आयोजना हुनेFamily and Contemporary Megatrends विषयक सम्मेलनमा माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।

७. ठुलो खोला जलविद्युत आयोजनाको २२० के. भि. प्रसारण लाइन आयोजना निर्माणको लागि म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको राष्ट्रिय वनको कुल ६.०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने।
८. शिक्षा, विज्ञान तथा प्रविधि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने।
९ .सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालित तराई मधेश समृद्वि कार्यक्रम अन्तर्गत आ.व. २०८१/८२ को लागि अधिकृतस्तरका ३ अस्थायी दरबन्दी स्वीकृत गर्ने।

१०. सीमा प्रशासन कार्यालय व्यास छाङरु दार्चुला, सीमा प्रशासन कार्यालय पशुपतिनगर इलाम र अध्यागमन कार्यालय पशुपतिनगर इलाम खारेज गर्ने। साथै, अध्यागमन कार्यालय कोरोला मुस्ताङ, अध्यागमन तथा सीमा प्रशासन कार्यालय टिंकर दार्चुला र अध्यागन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगर इलामको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
११ स्वास्थ्य तथा जनसङ्ख्या नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. सभ्यता गौतम, काठमाडौं र श्री विष्णुप्रसाद कंडेल, बागलुङलाई मनोनयन गर्ने।

१२ नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा कायममुकायम प्रमुख सचिव श्री रघुराम विष्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा पदस्थापन गर्ने।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री विदेश जानुअघि शिक्षा विधेयक टेबुल हुन्छ : मन्त्री राई

जसपाले नेकपासँग एकताका लागि पहल गर्ने

२ घण्टा अगाडि
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण

एमालेकाे केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एमालेको प्रदर्शन जोखिम हुने विश्लेषण

एनपीएल दोस्रो संस्करणको पहिलो खेल काठमान्डु गोर्खाजले जित्याे

पुराना गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने

युके र साइप्रस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

इमिरेट्स एयरलाइनले एकै पटक ६५ थान जहाज खरिद अर्डर

६ लाख २० हजार थपिए नयाँ मतदाता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक