काठमाडौं । नेपाल पञ्चाङ निर्णायक विकास समितिका अध्यक्ष डा. श्रीकृष्ण अधिकारीले आउँदो बैशाख महिनादेखि सूर्य सिद्धान्तको स्थानमा केतकीय ग्रहगणित सिद्धान्त लागू गरेतापनि तिथिमा समस्या नहुने गरि पञ्चाङ निर्माण गर्ने बताउनु भयो ।
उहाँले सिद्धान्त परिवर्तन भएपछि बरु गतेको सवालमा परिवर्तन हुन सक्ने समेत बताउनु भयो । बुधवार नेवाः सांस्कृतिक अभियान्ताहरुसंगको छलफलको क्रममा समितिका अध्यक्ष डा। अधिकारीले सो कुरा बताउनु भएको हो ।
नेपाल पञ्चाङ निर्णायक समितिले आउँदो बैशाख महिनादेखि पञ्चाङका लागि केटकीय सिद्धान्त अपनाउने हो भने नेपाल संवत् ११४५ को नयाँ बर्षदेखि अर्को बर्ष सम्मका लागि निकालीने पात्रो अनुसार गते, तिथिदेखि संस्कृतिमा समेत प्रभाव पर्न सक्ने भएकाले समयमै ठोस निर्णय गर्नका लागि अनुरोध सहितको ध्यानाकर्षण पत्रे बुझाउने र छलफलको क्रममा पञ्चाङका अध्यक्ष श्रीकृष्ण अधिकारीले उक्त कुरा बताउनु भएको हो । उहाँले हाल सूर्य सिद्धान्तका आधारमा पञ्चाङ तयार भएको र सोहि अनुसारको पात्रो प्रकाशित गर्दा तिथि र तारिकमा केहि समस्या नआउने बताउनु भयो । छलफलमा समयसापेक्ष परिमार्जनको क्रममा सूर्य सिद्धान्तको स्थामा केतकीय सिद्धान्त अपनाउनका लागि सरकारलाई प्रस्ताव गरिसकेको स्वीकार गर्दै नेपाल पञ्चाङ निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्य प्रसाद ढुंगेलले भोली सरकारले निर्णय गरेको अवस्थामा केतकीय सिद्धान्त लागू हुने बताउनु भयो ।
नेवाः देय् दबूका संरक्षक नरेश ताम्रकार, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश समितिका अध्यक्ष श्रीकृष्ण महर्जन नेवाः, बरिष्ठ उपाध्यक्ष नविन थेच्वमि, हलिं नेवाः गुथिका केन्द्रीय अध्यक्ष विनोद महर्जन, नेवाः देय् दबू काठमाण्डौ जिल्ला समितिका अध्यक्ष धनबहादुर महर्जन तिमिला, ललितपुर जिल्ला अध्यक्ष रविन्द्र शाक्य, भक्तपुर जिल्ला अध्यक्ष नरेश नेवाः, विभिन्न संघ संस्थामा आबद्ध भएका करिव दुई दर्जन ब्यक्तिहरु सहभागी भएका थिए ।
ज्योतिषहरुको पनि सहभागीता रहेको उक्त छलफलको क्रममा नेपाल संवतको नयाँ बर्षको क्रममा पनि आधिकारीक रुपमा नेपाल पञ्चाङ निर्णायक विकास समितिले पनि पात्रो निकाल्नु पर्ने बारेमा पनि छलफल भएको थियो ।