काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेमात्रै नभइ सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेललाई पनि कारबाही गर्नुपर्ने जनाएको छ ।
नेकपा माओवादी केन्द्रले आज गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले सहकारी ठगी प्रक्रियामा राज्यले पक्षपाती व्यवहार गर्न नहुने जनाएका हुन् । ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, त्यसैगरी नेकपा एमालेका ऋषिकेष पोखरेललगायतका लाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ,’, उनले भने ।