काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ३ जना मन्त्रीले शपथ लिएका छन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, वन तथा वातावरणमन्त्री देवकरण कलवार र आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश अग्रवाललाई आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले) का पाँच, कांग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ ।
कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।