शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बागमती प्रदेशमा डेंगुबाट संक्रमितकाे संख्या साढे नौ हजार नाघ्याे

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बागमती प्रदेशमा चालू आर्थिक वर्षको साउनयता डेंगुबाट संक्रमित हुनेको संख्या साढे नौ हजार नाघेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तत्थ्यांकअनुसार साउनयता प्रदेशका १३ जिल्लामा डेंगुबाट नौ हजार ६३२ जना संक्रमित भएका छन् । यस्तै, दुईजनाको ज्यान गएको छ ।

मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालका अनुसार चालू आवको साउन महिनामा जम्मा ८७८ जना संक्रमित रहेको प्रदेशमा कात्तिकको पहिलो हप्तासम्म संक्रमितको संख्या बढेर साढे नौ हजार नाघेको हो । उनले साउन, भदौ, असोज र कात्तिकको पहिलो हप्तासम्म डेंगुबाट संक्रमित हुनेको संख्या प्रत्येक महिना झन्डै दोब्बरले बढेको जानकारी दिए।
मन्त्रालयको तथ्यांकअनुसार साउनमा ८७८ जना डेंगुका संक्रमित रहेकोमा भदौमा दुई हजार २२१, असोजमा पाँच हजार ४५८ र कात्तिकको पहिलो हप्तामै संक्रमितको संख्या एक हजार ७५ पुगेको छ । गत आव ०८०/८१ मा यही अवधिमा बागमती प्रदेशका १३ जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या लगभग साढे आठ हजार थियो ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको तत्थ्यांकअनुसार चालू आवको हालसम्म बागमती प्रदेशमा डेंगुबाट संक्रमित हुनेको संख्या सबैभन्दा बढी काठमाडौंमा रहेको छ । यहाँ अहिलेसम्म तीन हजार ८८ जना संक्रमित भएका छन् । यस्तै, काठमाडौंपछि चितवनमा दुई हजार ५८१, मकवानपुरमा एक हजार ३०४, ललितपुरमा ९६६ जना संक्रमित भएका छन् ।

यसैगरी, भक्तपुरमा ३५६, नुवाकोटमा ३३७, काभ्रेमा २१५, दोलखामा १२४, सिन्धुपाल्चोकमा ८३, रामेछापमा ३८, सिन्धुलीमा ३६ र सबैभन्दा कम रसुवामा एकजना संक्रमित भएका छन् । मन्त्रालयका सूचना अधिकारी डा. भुसालले पानी पर्ने क्रम रोकिएकाले डेंगुको संक्रमण केही कम हुने भए पनि अझै एक–दुई महिना सचेत रहनुपर्ने जनाए । उनले डेंगु संक्रमणको जोखिम अझै रहेकाले सचेत रहन र सावधानी अपनाउन आग्रह गरे।

विशेषगरी डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डीमा जमेको सफा पानी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा जम्मा भएको पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने उनको सुझाव छ ।

यो पनि पढ्नुहोस्

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि
२ दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

२ दिन बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक