दाङ । घोराही उपमहानगरपालिका-१३ डुमरगाउँस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रोल्पा, रोल्पा नगरपालिका-५ जेदवाङ बस्ने २६ वर्षीय शिवशेष महरा र बाँके कोहलपुर नगरपालिका-४ विद्यानगर घर भएका २९ वर्षीय त्रिलोक केसी रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले बा.प्र.०२-०३६ प २७१४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।