काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवकाे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया हुँदै छ।
अस्पतालमा उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया गर्न लागेको निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालले जानकारी दिनुभयो। यादवका निजी चिकित्सक डा. शिवजी विक्रम सिलवालका अनुसार उपराष्ट्रपति यादव मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।
यादवको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा. सुमिता प्रधानको टिमले गर्दै छन् ।