काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि अहिले काठमाडौं विमानस्थलमा खानतलासी सुरू भएको छ । नेपाली सेनासहितको टोलीले खान तलासी सुरू गरेको हो ।
१ सय ५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो । भारतीय विमान कम्पनीमा भारतबाटै बम रहेको सूचना दिएपछि अहिले सर्च गरिरहेको सैनिक प्रवक्ता गौरव केसीले जानकारी गराए ।
उनका अनुसार अहिलेसम्म केही नदेखिएको भए पनि सर्च जारी रहेको छ ।