काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल संवत् ११४५ लाई भव्यताका साथ सम्पन्न गर्न सबै एकजुट हुनुपर्ने जनाउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो जनाउनुभएको हो ।
उहाँले आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्षका रुपमा मनाउनुपर्ने जनाउनुभयो । उहाँले न्हुदँय भिन्तुनाको उपलक्ष्यमा देशवासीलाई सुख, समृद्धि प्राप्ते हुने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘उपस्थित सम्पूर्ण महानुभावलाई आउँदै गरेको नेपाल संवत् ११४५ को नयाँ वर्ष हामी मनाउँदैछौँ । न्हुदँया भिन्तुनाको उपलक्ष्यमा म देशका सबै आमाबुबा, दाजुभाइ, दिदिबहिनी सबैलाई र नेपालमा मात्र नभइ विदेशमा बस्नेहरुलाई पनि ११४५ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु । सबै जना मिलेर सबैले प्रशंसा गर्न लायकको कार्यक्रम हामीले अघि बढाउनुपर्छ ।’’
उहाँले सबै मिलेर नेपाल संवत् ११४५ लाई प्रशंसा गर्न लायक बनाउनुपर्ने जनाउनुभयो ।