काठमाडौं । एमालेले ‘दानमा’ पार्टी कार्यालय बनाउने निर्णयको विपक्षमा बोल्ने तीन नेतालाई प्रष्टिकरण पत्र पठाएको छ।
मंगलबार महासचिव शंकर पोखरेलले सल्लाहकार भीम रावल, स्थायी कमिटि सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्यलाई सात दिनभित्र प्रष्टिकरण पेश गर्न पत्र पठाएका हुन्।
आइतबार बसेको सचिवालय बैठकले व्यवसायी मिनबहादुर गुरुङको दानमा कीर्तिपुरमा करिब ११ रोपनी जग्गासहित अत्याधुनिक भवन बनाइदिने निर्णयमा फरकमत राख्ने नेताहरुलाई प्रष्टिकरण सोध्ने निर्णय गरेको हो।
भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ र एमाले अध्यक्ष ओलीले असोज २५ गते पार्टी कार्यालयको शिलन्यास गरेका थिए।
शिलन्यासपछि तीन नेताले सार्वजनिक रुपमा व्यवसायीबाट दान लिने कुरा उचित नभएको अभिव्यक्ति दिएका थिए।