काठमाडौँ / नेकपा एमालेले नेता भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने भएको छ।
आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावल तथा स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरलले जानकारी दिए।
उनीहरुले पार्टी निर्णयविपरीत बोलेको भन्दै एमालेले स्पष्टीकरण सोध्न लागेको हो।
पोखरेलले भने, ‘आजको सचिवालय बैठकले पार्टी निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। एकता र अनुशासन पार्टीको बल हो। सबै जना जिम्मेवार र अनुशासित बनौँ।’
उनीहरुले भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले १० रोपनीभन्दा बढी जग्गा दिएर एमाले पार्टी कार्यालयको भवन बनाइदिन लागेको विषयमा विरोध जनाएका थिए।