काठमाडौं । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो। महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला ६ सयले वृद्धि भएको छ। शुक्रबार प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँ कायम भएको हो।