शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नागरिक उड्डयन क्षेत्रको सुझाव समिति गठन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
नागरिक उड्डयन क्षेत्रको सुझाव समिति गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

बंगालमा घातक ‘निपाह भाइरस’को संक्रमण पुष्टि

१६ मिनेट अगाडि
मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

१२ घण्टा अगाडि

काठमाडौं । सरकारले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन गर्न उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

कार्तिक २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवं विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यकर्ता स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।

सर्वाेच्चका पूर्वन्यायाधीश अनिल कुमार सिन्हाको अध्यक्षतामा गठन गरिएको समितिको सदस्यहरूमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्र बहादुर सिंह, सुरक्षा विज्ञ भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्याप्टेन रिवाज प्रसाद प्रधान र पर्यटन मन्त्रालयका सचिव रहनुभएको छ ।

बैठकले गृह मन्त्रालय अन्तर्गतका कारागार कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ भने दूरसञ्चार ऐन २०५३ को दफा ४५ को उपदफा ३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता गुरुङले बताए ।

त्यसैगरि बैठकले विपद्जन्य घटनालाई सम्बोधन गर्ने गरी राहत तथा पुन निर्माण प्रयोजनार्थ नेपाल सरकारलाई अनुदान स्वरूप प्राप्त हुन मालबस्तुमा मन्सार महसुल छुट दिने निर्णयसमेत भएको उनले जानकारी दिए  ।

त्यस्तै बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक पदमा आशिष गजुरेललाई पुन नियुक्त गर्ने निर्णय गरेको छ भने राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली र नागरिक एपबीच अन्तर–आबद्धता कायम गर्न स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरि मन्त्रिपरिषद्ले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहार स्वरूप चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराउने र सदर चिडियाखानाको व्यवस्थापन जिम्मेवारी राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक