शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नाइजेरियामा नेपाली मूलका उद्यमीकाे कार्यालय

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
नाइजेरियामा नेपाली मूलका उद्यमीकाे कार्यालय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, ले खोलेको छ।

नाइजेरियाको लेगोसमा गत साता आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नाइजेरियाका लागि बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयका राष्ट्रिय निर्देशक मार्क स्मिथसनले अफ्रिका महादेशमा पहिलो कार्यालय खोलेकोमा जेनेस सलुशनलाई बधाई दिए।

“गत जुन २०२४ मा युकेको सूचना प्रविधि क्षेत्र १० खर्ब डलर पुगेको मूल्यांकन गरिएको थियो। युकेमा १५० वटा ‘युनिकर्न’ कम्पनीहरु छन्। नाइजेरियामा तीव्र रुपमा विकास भै रहेको प्रविधि क्षेत्रमा जेनेस सलुशनको योगदानको हामी स्वागत गर्दछौं,” उनले भने।

जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले अफ्रिकाको सबैभन्दा ठूलो प्रविधि हबको रुपमा रहेको नाइजेरियामा व्यवसाय विस्तार गर्न पाउँदा आफुहरु अत्यन्तै हर्षित भएको बताए। “संसारकै क्लाउड सेवा प्रदायकहरुले उदाउँदा बजारहरुमा आफ्नो सेवा विस्तार गरिरहेको बेला हामीले पनि नाइजेरियामा आफ्नो प्रभावकारी उपस्थिति जनाउने निर्णय गरेका हौँ । नाइजेरिया सरकारले ल्याएको राष्ट्रिय डिजिटल अर्थतन्त्र नीतिले व्यापार व्यवसाय तथा लगानी भित्र्याउन सहज गरिदिएकाले पनि हामीले नाइजेरियामा सहकार्य र व्यवसाय वृद्धिको राम्रो सम्भावना देखेका छौं,” उनले भने।

जेनेस सलुशन नाइजेरियाले नाइजेरियाका सरकारी तथा निजी कम्पनीहरुलाई डिजिटल रुपान्तरणका साथै क्लाउड सलुशन्स, साइबर सुरक्षा, डेटा परामर्श लगायतका सेवाहरु उपलब्ध गराउने जनाएको छ। जेनेस सलुशनका मुख्य प्रविधि तथा सूचना सुरक्षा अधिकृत निरन्जन कुँवरले अहिले सबैजसो कम्पनीहरुका लागि साइबर सुरक्षाको जोखिम उच्च रहेको बताए। उनले दीर्घकालिन व्यवसायिक सफलताका लागि साइबर सुरक्षा व्यवस्थापनमा ध्यान दिन सुझाव पनि दिए।

बेलायतमा मुख्यालय रहेको जेनेस सलुशनका नेपाल, बंगलादेश, स्पेन, अमेरिका लगायतका मुलुकहरुमा कार्यालय छन्। उक्त कम्पनीले नाइजेरियामा आफ्नो दशौँ कार्यालय खोलेको हो। बेलायतको व्यवसाय तथा व्यापार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा नाइजेरियाली व्यवसायी, सूचनाप्रविधि क्षेत्रसंग आबद्ध उद्यमी तथा संचारकर्मीहरुको उपस्थिति थियो।

यो पनि पढ्नुहोस्

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

२ घण्टा अगाडि
अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

नेपाललाई हिन्दुराष्ट् बनाउने भारतको कसरत

आज चार समितिकाे बैठक बस्दै

सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?

सुनको मूल्य वृद्धि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक