कीर्तिपुर । कीर्तिपुरकाे तः ननि टाेलका संस्कृतिप्रेमी युवाहरूकाे सकृयतामा परापूर्वकालदेखि चलाउँदै आइरहेको करिब ३ सय वर्ष पुरानो देवी नाँच (देव प्याखं) देखाएकाे छ ।
गत कार्तिक १ गते शुक्रबार देखाएकाे साे नाच कीर्तिपुरकाे धार्मिक तथा सांस्कृतिक महत्व बाेकेकाे साे नाच खि, ता, बबुचा, पाेंगाकाे तालमा नचाइने यस नाचमा इन्द्रायणी, बाहायणी, भैरव, ख्याः, कवं दागिकी, पो प्रमुख पात्र रहेकाे हुन्छ ।
बिजयादशमीकाे टिकाकाे दिन कीर्तिपुर नगरपरिक्रमा गरि द्याे ढाेकामा नाच देखाएपछि र बाघभैरव मन्दिर परिसर नासः द्यः अर्थात नाट्येश्वर अगाडि नासः ग्वारा गायनमा नाच देखाउने काेग्राजत पुर्णिमाका दिन चिलन्चाे (जगतपाल महाबिहार) अवस्थित हिरामुनि बज्राचार्यकाे आगन घरमा तन्त्र विधाकाे गुरूकाे रूपमा नाच देखाइने गरिन्छ ।
यस देवी नाच पाैराणिक लाल हिरा कथामा आधारित रहेकाे छ । लाल ‘केटा’ र हिरा ‘केटी’ पात्रबीच विछाेड भएकाे अवस्थामा हिरा (केटी) ले श्री इन्द्रायणी माताको अराधना गरि लाल प्राप्त भएपछि विछोड जोडीलाई मिलन गराएको उपलक्ष्यमा इन्द्रायणी माताको अराधना गरी नाचकाे रूपमा नाच देखाउने परम्परा रहेकाे छ ।
एक समय लाेप हुने अवस्थामा पुगेकाे यस नाच आजभन्दा करिब पाँच बर्ष अगाडि कीर्तिपुरका तःननि टाेलका संस्कृति प्रेमी जागरूक युवाहरूकाे अग्रसतामा नयाँ पिढीहरूलाई हस्तातरण गरिएकाे थियाे ।
करिब २२ बर्ष अगाडि युवाहरूलाई देवी नाच प्रशिक्षण गराई नव युवाहरूलाई देवी नाच प्रशिक्षण गराई देखाएकाे प्रदर्शनी गराएकाे तःननि दाफा खलःका अध्यक्ष दिलिप महर्जनले जानकारी गराए ।
उनका अनुसार यस नाच देखाउनका लागि अहिले इन्द्रायणी ३ जना ब्रम्हायणी ३ भैरव दुई जना ख्याः २ जना कवं २ जना, दागिनी १ पाे ३ जना पात्रहरू देवगणहरू तयारी अवस्थामा रहेकाे जनाए ।