काठमाडौँ / केयलिन एमबापेको गोलमा रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा सेल्टाभिगोमाथि रोमाञ्चक २–१ को जित निकालेको छ । यस जितसँगै रियलले लिग तालिकामा बार्सिलोनासँग अंक बराबरी गरेको छ । खेलको २०औं मिनेटमा एमबापेले पहिलो गोल गरेपछि सेल्टा भिगोका लागि विलियट स्विडेबर्गले दोस्रो हाफमा बराबरी गोल फर्काए ।
त्यसपछि भिनिसियस जुनियरले ६६ औं मिनेटमा निर्णायक गोल गरे । यो नतिजापछि रियल र बार्सिलोना दुवैको समान २४ अंक भएको छ । फ्रान्सेली स्ट्राइकर एमबापेले स्विडेनमा आफूमाथि बलात्कारको आरोपमा अनुसन्धान सुरु भएको समाचारबीच यो खेल खेलेका हुन् ।
उनले पूरा घटनाक्रमलाई झुटो रहेको बताएका छन् । शनिबारका अन्य खेलमा रियल सोसिडाडले जिरोनालाई १–०, रियल बेटिसले ओसासुनालाई २–१ र एथलेटिक बिलबाओले इस्पनयोललाई ४–१ ले हरायो ।