काठमाडौँ / आज आइतबार नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
आइतबार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो। बैठक एमाले पार्टी कार्यालय च्यासलमा बस्ने छ।
बैठकमा समसामयिक विषय, आगामी उपनिर्वाचन र पार्टी केन्द्रीय कार्यालयको भवन निर्माणसम्बन्धी विवादबारे छलफल हुने बताइएको छ।
एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि जग्गा दिएको विषयमा चौतर्फी आलोचना भइरहेको छ।