बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुर्खेत–जुम्लाको सडकखण्डमा दुर्घटना रोक्न लगाइएको फलामे बार जीर्ण बन्दै

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
सुर्खेत–जुम्लाको सडकखण्डमा दुर्घटना रोक्न लगाइएको फलामे बार जीर्ण बन्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कालीकोट । सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिमयुक्त सडकखण्डमा सवारीसाधनको दुर्घटना रोक्न लगाइएको फलामे बार जीर्ण बन्दै गएका छन् । सहायक सडक निर्माण गर्ने क्रममा र बेला बेला झर्ने पहिरोका कारणले फलामे बार जीर्ण हुँदै गएको हो । फलामे बार जीर्ण हुँदै गएपछि कर्णाली राजमार्गमा थप जोखिम बढेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाले फलामे बार लगाएर दुर्घटना रोक्ने प्रयास गरेको थियो । सुर्खेत जिल्लाको कल्यानकाँधदेखि जुम्ला सदरमुकामसम्म फलामे बार लगाइएको छ । कर्णाली राजमार्गको स्तरोन्नतिसँगै रात्रिकालीन यातायात सञ्चालनमा आउन थालेपछि दुर्घटना हुन थालेको सरकारले सोचेपछि रातिको समयमा यस राजमार्गभित्र यातायातका साधन सञ्चालनमा रोक लगाइएको छ तर पनि दुर्घटना नरोकिएपछि फलामे बार लगाएर दुर्घटना रोक्ने प्रयास गरिएको थियो । अहिले त्यही सुरक्षा बार कतै पहिरोले बगाएको छ भने कतै सडकमा थुप्रो परेको माटो हटाउने क्रममा निर्माण व्यवसायीको लापर्बाहीले भाँच्चिसकेका छन् ।

साँघुरो बाटो, पुराना थोत्रा यातायातका साधन, क्षमताभन्दा बढी यात्रुको चाप र चालकको चरम लापर्बाहीले नै बढी दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ । कर्णाली राजमार्गको बाटो निकै साँघुरो छ, यसैमा क्षमताभन्दा बढी यात्रु बोक्ने र मालवाहक गाडीले पनि सामानको भार निकै पार्ने भएकाले दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय कालीकोटका इन्चार्ज प्रहरी सहायक निरीक्षक टोपबहादुर महताराले बताउनुभयो । उहाँले जति सचेतीकरणका कार्यक्रम सञ्चालन गरे पनि यस राजमार्गमा सञ्चालन हुने गाडीचालक र गाडीमालिकले अटेर गर्दै आएको उहाँले बताउनुभयो ।

सरकारले कर्णाली राजमार्गमा हुने दुर्घटना रोक्नका लागि सडक कालोपत्रे, मोडको स्तरोन्नति, पर्खाल र कहालीलाग्दो भिरमा फलामे बार लगाएको छ । फलामे सुरक्षा बारले गर्दा चालकदेखि यात्रुले पनि सुरक्षित भएको महसुस गर्न थालेका थिए । पहिला आँखा घुमेर रिङ्गटा लाग्ने भिर देख्दा सातो जाने यस राजमार्गमा फलामे सेफ्टिबारले गर्दा केही सुरक्षित महसुस हुने गरेको चालक बताउँछन् तर अहिले त्यही सुरक्षा बार  पनि नहुँदा पहिलेको जस्तै त्रास बढेको छ । खाँडाचक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले घुम्ती र भिरालो ठाउँमा फलामे सुरक्षा बारले दुर्घटना हुनबाट जोगाउने गरेको भए पनि तिनै सुरक्षा बार जीर्ण हुँदा त्रास बढ्दै गएको बताउनुभयो । विगतमा सुरक्षा बार नहुँदा दैलेखको कल्यान, किट्टु र कालीकोटको सेरावाडास्थित बिर्तामोड, जुम्लाको रारालिहीमा ठुला दुर्घटना भएका थिए । जसबाट ठुलो धनजनको क्षति भएको थियो । कर्णाली राजमार्गलाई कालमार्गको संज्ञा दिइएको थियो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

३ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक