सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेसपाकाे विधान अधिवेशन पोखरामा हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नेसपाकाे विधान अधिवेशन पोखरामा हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले विधान अधिवेशन कात्तिक ५ र ६ गते पोखरामा गर्ने भएको छ ।

जनता समाजवादी पार्टीबाट अलग भएपछि २०७९ असारमा नेपाल समाजवादी दर्ता भएपछि पहिलो पटक पोखरामा विधान अधिवेशन हुन लागेको हो ।

अधिवेशनमा डा. भट्टराईले पार्टीको विधान र राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । नयाँ संरचनामा गइसकेपछि पार्टी निर्माणको मोडालिटी, अबको बाटो र देश कसरी बनाउने सकिन्छ भन्नेबारे २ दिनसम्म गहन छलफल गर्ने डा. बाबुराम भट्टराईले जनाए ।

अधिवेशनपछि ३ तहमै पार्टी निर्माण र अभियानमा लाग्ने भट्टराईको भनाइ थियो । माओवादी त्यागेपछि नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादीसम्म आइपुग्दा डा. भट्टराईले वैकल्पिक राजनीतिको अभ्यास गरेको र अब चाहिँ असली वैकल्पिक पार्टी कस्तो हुन्छ भनेर देखाउने भट्टराईले जनाए ।

सत्तादेखि सत्तासम्मको दौडजस्तो राजनीति बनेको भन्दै भट्टराईले समाजसँग राजनीति कसरी जोड्न सकिन्छ भनेर आफूहरुले गम्भीर छलफल गर्ने बताए । ‘पार्टीको घोषणापत्र र विधान अधिवेशनमा मिहिन छलफल हुन्छ’, डा. भट्टराईले भने, ‘वैकल्पिक राजनीतिक शक्ति निर्माणको आधारबारे छलफल गर्छौं ।’

वैकल्पिक शक्ति र सरकारका सिद्धान्त तथा प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा लक्ष्य र नीतिहरु, लोकतन्त्रको सवलीकरण, सुशासन, नयाँ वैकल्पिक शक्ति र समाजवादको अपरिहार्यता तय गरिने उनले जनाए ।

घोषणा पत्र, नीति तथा कार्यक्रम र अहिलेको पार्टीहरुप्रतिको दृष्टिकोण पनि प्रस्तुत गरिने भट्टराईको भनाइ थियो । माघसम्म महाधिवेशन पनि गरिने भट्टराईले जनाए ।

नेपाली समाजले तुरुन्तै फलको अपेक्षा गर्ने तर त्यसको प्रतिफल ढिलो प्राप्त हुने भट्टराईको भनाइ थियो । २०७२ सालमा संविधान जारी भएपछि एउटा राजनीतिक चरण सकिएको भन्दै आफूले नयाँ यात्रा सुरु गरेको र हिजोको नयाँ शक्ति निर्माणको अभियानमै रहेको भट्टराईले जनाए ।अधिवेशनमा देशभरबाट ५ सयभन्दा बढी सहभागी हुने नेता आमोद थापा (किरण) ले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

१५ घण्टा अगाडि
फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक