सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शीर्ष नेताबिच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
शीर्ष नेताबिच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताबिच शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने सहमति भएको छ  ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न तीन दलको बैठकले सङ्क्रमणकालीन न्यायको सवाललाई निष्कर्षमा पुर्‍याउने निर्णय गरेको हो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको बैठकले शान्ति प्रक्रियालाई पूर्णता दिने सन्दर्भमा सिफारिस समिति निर्माणसँगै सत्य निरूपण तथा मेलमिलाप आयोग गठनको कार्य चाँडै टुङ्ग्याउने सहमति गरेको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भएको छलफलमा एक/दुई दिनभित्रै सिफारिस समिति र आयोग गठन प्रक्रियालाई अघि निर्णय गरेको छ ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले २०८० चैत ३० गते सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित समितिले पूर्णता पाएको छैन । कानुनतः सिफारिस समिति गठन भएको दुई महिनामा आयोग गठन गर्नु पर्छ ।

बैठकमा सहभागी महान्यायाधिवक्ता रमेश बडालले सिफारिस समिति गठनका सन्दर्भमा रहेको कानुन अडचनबारे छलफल गरेर शुक्रबार निर्णय हुने बताउनुभयो । उहाँका अनुसार सिफारिस समिति गठन भएको दुई महिनाभित्र आयोग गठन प्रक्रिया सम्पन्न गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “कानुनी सवालमा छलफल हुन्छ । अनि प्रक्रिया अघि बढ्छ ।”

माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले शान्ति प्रक्रियाका काम अन्तिम चरणमा रहेको बताउँदै सत्य निरूपण आयोग गठनसम्बन्धी अघिल्लो सरकारका पालामा गठित आयोगका पदाधिकारी सिफारिस गर्ने समिति (सर्च कमिटी) लाई पूर्णता दिने गरी छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सर्च कमिटी (आयोग गठन सिफारिस समिति) लाई तत्काल पूर्णता दिएर आयोग गठन गर्नेबारेमा नै छलफल भयो । आयोग गठन गर्ने सन्दर्भमा तिनै दलका शीर्ष नेता सहमत हुनुभयो । एक/दुई दिनभित्र कमिटीले पूर्णता पाउँछ र सर्च कमिटी गठन भएको निश्चित समयभित्र आयोग गठन गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरूप काम अघि बढ्छ ।”

भदौ १३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण गर्नुभएको थियो । उहाँले आयोगका पदाधिकारी नियुक्ति सर्च कमिटीको सिफारिसमा हुने बताउनुभयो । उहाँले योग्य व्यक्ति सम्मिलित आयोग गठन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सक्ने, शान्ति प्रक्रियाको भावनालाई बुझ्ने, कानुनी प्रक्रियालाई बुझ्ने, सरकार र सरोकारवालासँग संवाद र गर्न सक्ने आयोग बन्ने हाम्रो विश्वास हो ।”

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपाकाे आसन्न निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक

११ घण्टा अगाडि
जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक