मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

जानिराखाैं चकलेट के कति लाभदायी हानीकारक

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
जानिराखाैं  चकलेट के कति लाभदायी हानीकारक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

प्रायः जसाे सबैले मनाउने मध्ये एक हाे चकलेट वयश्यक युवावतिले अमिलो–पीरो मन पराएजस्तै  बालबालिकाले झनै गुलियो मन पराउँछनु उनीहरूको स्वभाव हो । गुलियोको मात्रा अत्यधिक हुने चकलेट अहिले गाउँदेखि सहरसम्म गरिबदेखि धनीसम्म, सबैको पहुँचमा छ । बजारमा सबैतिर पाइने सस्तादेखि महँगासम्म धेरै प्रकारका चकलेट अहिले सजिला कोसेली र उपहारका रूपमा दिने चलन छ ।  कसैलाई भेट्घाट हाेस् या जन्मदिन नै किन नहाेस्  चकलेटले नै उपहार दिने चलन छ ।

बच्चाले परीक्षामा राम्रो नतिजा ल्यायो, चकलेट । यतिसम्म कि सानो बच्चा धेरै रोयो भने उसलाई फकाउन पनि ‘ल है बाबु म चकलेट किनिदिन्छु’ भनेर शान्त पार्न सजिलो भएको छ । बजारमा लहरै झुन्ड्याएर राखिएका आकर्षक प्याकेटमा सजिएका खानेकुराले आँखालाई जति लोभ्याउँछन्, त्यसभन्दा बढी जिब्रालाई लोभ्याउँछन् । चाउचाउ, कुरमुरे, लेज, चिप्स, चकलेट, दालमोठ, तितौरा आदि आदि अनेक खानेकुरा हुन्छन्, जुन देख्नासाथ बच्चाहरूको त के वयस्कहरूको समेत मुख रसाउँछ । यस्ता स्वादिला तर स्वास्थ्यलाई ध्वस्त पार्ने जंकफुडकै कोटीमा चकलेट पनि पर्छन् ।

हुन त चकलेट भनेको चोकोबाट बनेको एक खास किसिमको खाद्यवस्तु हो तर हाम्रो बजारमा स–साना पिपलगेडीदेखि थरीथरीका टफी, क्यान्डी, ललीपप, चुइङ्गम, बबलगम, चोकोफन, डेरी मिल्क आदि सबै किसिमका गुलिया प्याक गरेका खाद्यवस्तुलाई चकलेट भनेरै बुझिन्छ । थरीथरीका स्वादमा पाइने यस्ता मिठाई केटाकेटीदेखि युवायुवतीसम्म सबैका लागि प्रिय भएका छन् ।
बजारमा पाइने चकलेट मोटामोटी तीन किसिमका देखिन्छन्, चोकोबाट बनेका, चिनीबाट बनेका र रबरबाट बनेका ।

चोकोफन, क्याटवरी, डेरीमिल्कजस्ता चोकोबाट बनेका चकलेटमा चोकोको मात्रा बढी हुन्छ भने चिनी, मिल्क पाउडर, फ्लेबर र अन्य मिश्रणसमेत गरी यसको मात्रा तयार गरिन्छ । प्रायः काला र कफी रङका यस्ता चकलेट अरू चकलेटका तुलनामा स्वास्थ्यलाई कम हानि गर्ने हुन्छन् ।

टफी, क्यान्डी, ललिपपजस्ता धेरैजसो चकलेट चिनीबाट बनेका हुन्छन् । यिनमा ९० प्रतिशतसम्म चिनीको मात्रा हुन्छ भने फ्लेबर, रङ र अन्य मिश्रण १० प्रतिशत जति हुन्छ ।

चुइँगम, बबलगमजस्ता मिठाई रबरबाट बनेका हुन्छन् । चिनी, फ्लेबर, रङ र अन्य मिश्रणसमेत गरी यस्ता मिठाई तयार गरिन्छन् ।

चकलेट र मिठाईहरूमा चिनीको मात्रा अत्यधिक प्रयोग भएको हुन्छ । सामान्यतया हामीले नियमित खाने खानाबाटै शरीरलाई आवश्यक हुने चिनीको मात्रा प्राप्त हुन्छ । चकलेटजस्ता गुलिया चिजहरू खानु भनेको हामीले शरीरमा अतिरिक्त चिनीको मात्रा प्रवेश गराउनु हो । यसले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी मात्रामा कार्बोहाइड्रेट उत्पादन गर्छ । यसको परिणाम शरीरमा बोसो जम्मा भई विभिन्न खालका समस्या पैदा गर्दछ ।

विश्वमा आज गुलियो खाद्य स्वास्थ्यसमस्याको प्रमुख कारण बनेको छ । हामीले खाने भात, रोटी, आलु, चकलेट, जाम, मह, केक, हर्लिक्स, भिभा, वर्नभिटा, आइसक्रिम, मिठाई, हल्का पेय, जुस आदिबाट शरीरमा चिनीको प्रवेश हुन्छ । केरा, आँप, अङ्गुर, भुइँकटहरजस्ता फलबाट पनि शरीरले चिनी प्राप्त गर्दछ । यी सबै खानेकुराबाट पाइने गुलियोको मात्राले शरीरले खर्च गर्न सक्नेभन्दा बढी ऊर्जा प्राप्त गर्दछ । जुन मधुमेह, उच्च रक्तचाप, हृदयाघातजस्ता रोगको प्रमुख कारण बन्दछ ।

विश्वस्वास्थ्य संगठनले २०७१ मा जारी गरेको चिनी प्रयोगसम्बन्धी निर्देशिकाले बालक वा वयस्क व्यक्तिले दिनमा २५ ग्रामभन्दा कम चिनी खान सुझाएको छ । यसको विपरीत नेपालमा चिनीको प्रयोग भने अत्यधिक भएको देखिन्छ । कृषि मन्त्रालयले तयार गरेको ‘फुड ब्यालेन्स सिट २०७०’ अनुसार नेपालीहरू औसतमा प्रतिव्यक्ति एक वर्षमा ११ किलो चिनी प्रयोग गर्दछन् । जसमा ५ किलो प्रत्यक्ष चिनी र ६ किलो अतिरिक्त चिनी (गुलिया खाद्य वस्तु) रहेको देखिन्छ । यसअनुसार प्रत्येक नेपालीले दिनमा ३० ग्रामभन्दा बढी चिनी प्रयोग गरिरहेको तथ्याङ्कले देखाउँछ । यो विश्वस्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्डभन्दा ५ ग्राम बढी हो । जब कि अव्यवस्थित जीवनशैली र खानपान भएको नेपालमा विश्वस्वास्थ्य संगठनको मापदण्डभन्दा कम चिनी प्रयोग हुनुपर्ने कुरा विज्ञहरू बताउँछन् ।

मनोविज्ञहरूका अनुसार कलिलो उमेरमा हुने विशेष रुचिमध्ये गुलियो खानेकुरा पनि पर्दछ । यस्तो रुचि शरीरभित्रको हर्मोन वा ग्रन्थी या मनोरसायनको कारणले हुन्छ । यस्ता रुचि र चाहनाको पछाडि तिनको शारीरिक संवेगात्मक, सामाजिकजस्ता विकासको कुनै न कुनै पक्ष जोडिएको हुन्छ ।

मनोविद् रश्मिला कासुलाको भनाइमा टिनेजका केटाकेटी अमिलो पिरो देख्दा हुरुक्क भएजस्तै बालबालिका गुलियो देख्दा हुरुक्क हुन्छन् । तिनको यही मनोभावनाले गर्दा हामी चकलेटको लोभ देखाएर उनीहरूलाई फकाउँछौं, उत्प्रेरित गर्छांै र पुरस्कार स्वरूप पनि चकलेट दिन्छौँ । चकलेटको उत्पादन र पहुँच नभएको बेलामा पनि बालबालिकालाई चिनी, मह, चाकु, सखरजस्ता खानेकुरा दिने गरिन्थ्यो । बालबालिकाको शारीरिक विकास र वृद्धिका लागि कार्बोहाइड्रेट र प्रोटिन प्रशस्त मात्रामा चाहिन्छ । गुलियो खानेकुरामा कार्बोहाइडे«ट बढी पाइन्छ ।

बालविशेषज्ञ मणिन्द्ररञ्जन बराल भन्छन्, ‘चकलेटका फाइदाभन्दा बढी बेफाइदा छन् ।’ बरालका अनुसार चकलेटमा चिनीको मात्रा मात्र हुन्छ । चकलेटले क्यालोरी थप्ने मात्र हो, यसले तागत केही दिँदैन । यसले तौल मात्र बढाउँछ । पसलमा पाइने बट्टाको जुस पनि यस्तै हो । यसमा सुन्तला, आँपको स्वाद मात्र हुन्छ चिनीको मात्रा धेरै हुन्छ । यसले एमटी क्यालोरी दिन्छ । यस्ता खानेकुरा धेरै खाँदा अरु प्रोटिनयुक्त खाना रुच्दैन । चकलेट बढी दियो भने दाँतको खराबी पनि हुन्छ । यसको सट्टामा हामीले बच्चालाई अरु प्रोटिनयुक्त खानेकुरा दिन सकिन्छ ।
चक्लेट खाँदाका फाइदाभन्दा बेफाइदा धेरै छन् ।

बच्चालाई चकलेट दिनेबेला हामीले यी कुरा पनि सोचौँ :
१. चकलेटमा चिनीको मात्रा अत्यधिक हुन्छ । यसले बच्चामा क्यालोरी बढी हुन जान्छ । त्यसैले धेरै चकलेट खाने बच्चाको वजन बढ्ने, जिउ मोटो र भद्दा हुने जस्ता समस्या आउन सक्छन् ।
२. चकलेटमा पाइने ग्लुकोजको मात्राले बच्चालाई भोक लाग्दैन । जसले गर्दा उसको पाचन प्रणाली गडबड हुन्छ र खाना रुच्दैन । यसले शरीर र मस्तिष्कको वृद्धि र विकासका लागि आवश्यक पर्ने भिटामिन तथा प्रोटिनको कमी हुन जान्छ ।
३. चिनीको मात्रा अत्यधिक भएका चकलेट खानाले पेट फुल्ने, जुका पर्ने, पखाला लाग्ने जस्ता समस्या देखिन सक्छन् ।
४. चकलेटमा एन्टी अक्सिडेन्ट हुन्छ, त्यसले मस्तिष्कको क्षय गर्छ । यसले डिप्रेसन हुने समस्या ५८ प्रतिशतसम्म बढाउँछ ।
५. चकलेटमा हुने अत्यधिक गुलियोले आँखाको रेटिनामा असर गर्छ । ५ प्रतिशत अन्धोपन अधिक चिनीको सेवनले हुन्छ ।
६. चकलेटमा भएको गुलियोले दाँत काला हुने, किरा लाग्ने, खिइने, दाँतमा झन्झनाहट हुने र दाँत झर्ने सम्मको समस्या हुन सक्छ । बढी गुलियो खानाले मुख गन्हाउने, जिभ्रो र मुखमा ससाना खटिरा आउने जस्ता समस्या पनि निम्तिन सक्छन् ।
७. चकलेटमा प्रयोग हुने चिनी, सोडियम, कृत्रिम रङ र रसायनले मुटुमा असर गर्छ । जसले गर्दा हार्टअट्याक, पक्षाघात, मधुमेहजस्ता घातक रोग लाग्न सक्छन् ।
८. धेरै गुलियो खानाले छालामा असर पर्छ । यसले उमेर नपुग्दै छाला चाउरिन सक्छ ।
९. मिर्गाैला रोगको एउटा प्रमुख कारण गुलियोको बढी प्रयोग हो ।
१०. गुलियोको बढी प्रयोगले पुरुष र महिला दुवैमा यौन इच्छामा कमी ल्याउन सक्छ ।

जुनसुकै कुराको पनि मात्रा बढी भयो भने शरीरलाई बेफाइदा गर्ने हो । ‘धेरै खाए गुड पनि तितो हुन्छ’ भन्ने उखान त नेपालीमा छँदै छ । चकलेटको सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । चकलेट जिभ्रालाई मिठो अवश्य लाग्छ तर यसले शरीरलाई फाइदाभन्दा बेफाइदा नै बढी गर्छ । कुनै पनि खाद्यवस्तुले तत्काल असर नगर्न सक्छ तर त्यसले दीर्घकालमा कस्तो असर गर्छ भन्ने कुरा ख्याल गर्नुपर्ने कुरा हो । जिभ्राले माग्यो र मनले चाह्यो भन्दैमा त्यसका पछि लाग्नुभन्दा हामीले खाने वस्तुले हाम्रो शरीर र मस्तिष्कलाई कति फाइदा गर्छ र कति बेफाइदा गर्छ भन्ने विचार गरेर खानु बुद्धिमानी हुन्छ ।

चकलेटका सट्टा ताजा फलफूल, ताजा जुस, बदाम, ओखर, काजु, किसमिस, पेस्ताजस्ता खानेकुरा हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छन् । बच्चालाई माया गरेर हामीले कस्तो उपहार दिँदै छाँै ? अमृत कि विष ? यो हामीले विचार पुर्‍याउनुपर्ने कुरा हो ।

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

४ घण्टा अगाडि
प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने

प्रधानमन्त्री ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक