शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
द ब्रिटिस कलेजका विद्यार्थी शर्मा बने विश्वकै सर्वोत्कृष्ट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेशनल कलेज (बीपीसी)का विद्यार्थी आशुतोष शर्मा शतप्रतिशत अंक प्राप्त गर्दै विश्वकै सर्वोत्कृष्ट विद्यार्थी बनेका छन् ।

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको बीपीसीका विद्यार्थी शर्माले गत सेप्टेम्बरमा भएको एसीसीए ( एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) अन्तर्गत फाइनान्सियल रिपोर्टिङको परीक्षामा पूर्णाङ्क प्राप्त गरेका हुन् । बीपीसी÷एसीसीएका विद्यार्थीहरुले विगतदेखि निरन्तर रुपमा विश्वमै सर्वोत्कृष्ट अंक प्राप्त गर्दै आएका छन् ।

अघिल्ला रेकर्डहरुलाई तोड्दै यस पटक शर्माले सर्वोत्कृष्ट अंक प्राप्त गरेका हुन् । यससँगै उनी नेपालबाट पहिलो पटक शत प्रतिशत अंक ल्याउने विद्यार्थी पनि बनेका छन् ।

यसअघि बीपीसीमा अध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुन महिनामा भएको ‘ट्याक्सेसन’ विषयको परिक्षामा क्रमशः ९८ प्रतिशत ल्याउँदै विश्वकै दोस्रो र ९७ प्रतिशत अंक ल्याउँदै विश्वकै तेस्रो स्थान हासिल गरेका थिए । त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिक बिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशित अंक ल्याएर दोस्रो स्थान हासिल गरेका थिए ।

रिया मानन्धर र रेजिका महर्जन पनि दुई पटकसम्म विश्वकै उत्कृष्ट विद्यार्थी बनेका थिए । एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र द्रुत गतिमा अघि बढिरहेको अन्तराष्ट्रिय लेखा निकाय हो ।

विश्वका १८० देशमा फैलिएको एसीसीएमा ५ लाख २६ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । बीपीसीमा अध्ययनरत विद्यार्थीहरुले विश्वस्तरको नतिजा ल्याउनु अविश्वसनिय उपलब्धि हो । ‘विश्वभरीका लाखौं विद्यार्थीहरुले दिएको फाइनान्सियल रिपोर्टिङको परीक्षामा शतप्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बन्नु एउटा असाधरण उपलब्धि हो ।

यस विशिष्ट नतिजाले ब्रिटिस कलेजको अध्यापन शैली अन्तर्राष्ट्रियस्तरको रहेको प्रमाणित भएको छ,’ शर्माको असाधरण उपलब्धिमा बधाई ज्ञापन गर्दै कलेजका एसीसीए सिनियर प्रोग्राम म्यानेजर दिपेन्द्र श्रेष्ठले भन्नुभयो, ‘यस उपलब्धिले हाम्रो शिर पनि उँचो बनाएकोले आशुतोषसँगै सम्बन्धित विषयका शिक्षकलाई पनि बधाई दिँदै आगामी दिनमा पनि यस्तै नतिजाको पर्खाइमा छौं ।’

निरन्तर विश्वस्तरिय नतिजा ल्याइरहेको कलेजले प्रतिष्ठित ‘प्लेटिनम अप्रुभल लर्निङ पार्टनर’को दर्जा प्राप्त गरेको छ । प्लेटिनम अप्रुभल शैक्षिक संस्थाहरुलाई प्रदान गरिने सबैभन्दा उच्चस्तरको अवार्ड हो ।

यो पनि पढ्नुहोस्

हावाहुरीका कारण हवाई उडान प्रभावित

हावाहुरीका कारण हवाई उडान प्रभावित

३ घण्टा अगाडि
प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

प्रधानमन्त्री र विश्व बैँकका दक्षिण एसियाका उपाध्यक्षबीच शिष्टाचार भेट

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक