रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कचस्थित दुर्गा मेला लागेको स्थानबाट शुक्रबार राति प्रहरीले एक जनालाई पेस्तोल बोकेको अवस्थामा पक्राउ गरेको छ ।
स्थानीय ५६ वर्षीय भोला राय यादवलाई इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यादवलाई मेड इन युएसए लेखिएको पेस्तोल १ थान, गोली ४ राउण्ड, म्यागजिन १ थान र सर्ट गनको गोली २ राउण्ड सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।