आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ठकुरी महिला बाहेक अन्यलाई प्रवेश नभएकाे मन्दिर

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
ठकुरी महिला बाहेक अन्यलाई प्रवेश नभएकाे मन्दिर
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा । शाह बंशको कूलदेवता र कूल मन्दिर मानिदैआएको आलमदेबी मन्दिर यहाँको शक्तिपीठमध्ये एक हो । कालीगण्डकी गाउँपालिका ३ मा रहेको विस. १३५० सालमा स्थापना भएको यस मन्दिरभित्र ठकुरी महिला बाहेक अन्यलाई प्रेवश अनुमति छैन ।

यहाँ मन्दिर स्थापनाबाट नै १५ बर्षभित्रका चुडाकर्म गरेको राना मगर पूजारी रहने गरेका छन् । आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेँडालाई बलि चढाउने परम्परा रहेका छ । भेँडा उपलब्ध नहुँदा कुभिण्डो प्रयोग गर्ने गरिएको छ ।

३६५ दिन नै पूजा हुने र पूजा हुँदा नगरा बनाउने परम्परा रहेको यस मन्दिरमा एकादशी, औंशी, साउन १ देखि नागपञ्चमी र १६ श्राद्धमा बाहेक अरु सबै दिन बलि चढाउने गरिएको छ ।

नेपालका शक्तिपीठहरुमध्ये बेग्लै विशेषता र पहिचान बोकेको आलमदेवी मन्दिरमा दसैँको नवमीका दिन वर्षभरीकै सबैभन्दा ठूलो विशेष पूजा र सरकारी पञ्चबलि चढाउने प्रचलन रहेको छ । यस मन्दिरमा नवमीको दिन बिहानै डेढ घण्टा लामो यज्ञ र नवदुर्गाको पूजापछि पञ्चबलि दिने गरिएको छ ।

छालाको पेटी, जुत्ता लगाएर भित्र प्रवेश गर्न नहुने इतिहास बोकेको आलमदेबी मन्दिरमा होलिमा रङगरोगन समेत नगरिने मन्दिर समितिका अध्यक्ष प्रिथ थापाले बताउनुभयो ।

धेरै वर्ष पहिला शाह बंशीय राजाहरुले राँगो छोडिदिने र राँगो आफै आलमदेवी आइपुग्ने र स्थानीयले बलि चढाउने गरेको इतिहास रहेको छ । जीवनमा ठूलो संकट आइलागेपछि वा आउने सम्भावना देखेपछि यहाँ आएर आलमदेवीसँग बर मागेपछि संकट मोचन हुने जनविश्वास रहेको छ ।

भारतको चितौरगढका चन्द्र बंशावली भट्टारक राजा ऋषी राणाको राज्यमा मुगलले आक्रमण गरेपछि आलमदेवी अग्लो डाँडोमा आएको किंवदन्ती रहेको छ । चितौरगढबाट आएका राणाहरुले  डाँडोमा मन्दिर बनाई मूर्ति राखेको र पछि मूर्ति अलाप भएकाले आलमदेवी नामकरण भएको मानिदै आएको छ ।

पहिला एकै दिनमा हजारौको संख्यामा बलि दिने गरिएकोमा अहिले घट्दै गएको अध्यक्ष थापाले बताउनुभयो । यहाँ दसैँको तथा अन्य बेलामा लाग्ने खर्च सबै बलिको बेलामा उठ्ने रकमबाट चलाउने गरिएको छ ।

प्रवेशमा रोक

बडादसैंमा देवीको पूजाहुने यस आलमदेबी मन्दिरमा ठकुरी महिला बाहेकका महिलालाई प्रवेशमा रोक लगाउने गरिएको छ । यहाँ मन्दिर प्रवेशका लागि पहिला एक जना मानिसनै बसेर रोक लगाउने गरे पनि पछिल्लो क्रममा बिगतमाजस्तो नरोकेको थापाले जनाउनुभयो ।

ठकुरी बाहेकका महिला मन्दिरमा प्रवेश गरे राम्रो नहुने अर्थात अनिष्ट हुने गरेको सुनिएको उहाँको भनाइ छ । पुरानो मान्यता अनुसार अनिष्ट हुन्छ कि भनेर अन्य महिलाहरु प्रवेश नगर्ने थापाले बताउनुभयो ।

परम्मरा, सस्कृति र रीतिरिबाजको हिसावले आफू अहिलेसम्म मन्दिरभित्र प्रवेश नगरेको कालिगण्डकी गाउँपालिका उपाध्यक्ष साबित्रा कोइरालाले जनाउनुभयो ।

यो पनि पढ्नुहोस्

सरकारसँगको सहकार्य थप बलियो बनाउन चाहन्छौं : अध्यक्ष श्रेष्ठ

सरकारसँगको सहकार्य थप बलियो बनाउन चाहन्छौं : अध्यक्ष श्रेष्ठ

२९ सेकेन्ड अगाडि
‘वर्ड अफ माउथ माउथ’ राम्रो पाउँदा ‘के घर के डेरा : घर नं २’मा उच्च अकुपेन्सी

‘वर्ड अफ माउथ माउथ’ राम्रो पाउँदा ‘के घर के डेरा : घर नं २’मा उच्च अकुपेन्सी

३ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

रविलाई गैरकानुनी थुनामा राखिएको भन्दै इजलासमा पेसी

सीपी खेतानले ८० मिलियनमा बुटिक होटल खरिद गरे

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक