आइत, मंसिर २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल प्रहरीले बडादशैंको अवसरमा सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गरेको छ । प्रहरीले दशैंको अवसरमा नागरिकहरुको सहज आवातजावतका लागि आज (दशैंको टीकाको दिन) काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।

दशैंमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने हुँदा सर्वसाधारणलाई आवतजावतमा सुविधाका लागि हिजो शुक्रवारदेखी आजसम्म (दुई दिन) नेपाल प्रहरीले दुई वटा बस निःशुल्क सञ्चालन गरिरहेको छ ।

काठमाडौं उपत्यकाभित्र रुट नम्बर एकवाला बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुने नेपाल प्रहरीले जनाएको छ । त्यस्तै रुट नम्बर २ वाला बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आउनेछ ।

यस्तै दसैँको अवसरमा यात्रुहरुको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँको रिङरोडमा २ वटा बस निःशुल्क रुपमा सञ्चालन गरेको छ । सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार निःशुल्क बस आज बिहान ६ बजेबाट सञ्चालन गरिएको हो। उनले आज र भोलि बस निःशुल्क सञ्चालन हुने बताए ।

एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा संचालन गरिएको छ भने अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला , कोटेश्वर , सातदोबाटो, कलंकी रुटमा संचालन गरिएको छ । चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको हो। बडादसैँको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौँमा सशस्त्र प्रहरी बलले  निशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

यसै गरी विगत वर्षहरू जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । विगत करिब १४ वर्ष देखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो ।

यो पनि पढ्नुहोस्

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

विप्लवले तत्काल सर्वपक्षीय सरकार बन्नुपर्ने प्रस्ताव

१२ घण्टा अगाडि
कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

संसद पुनर्स्थापना नै समस्याको समाधान हो त ?

सङ्गीत बमले गरे रहस्यमय ‘द १३ कोड गेम अफ लुसिफर’को विषयमा तेस्रो पत्रकार सम्मेलन

कांग्रेसमा समन्वयकारी आफू भएको कोईरालाको दाबी

सहसचिव तीर्थराज भट्टराईलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश

स्वास्थ्यमन्त्री सुधाबाट जेनजी समूहलाई अभिभावकत्व दिन सक्ने अपेक्षा !

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक