काठमाडौं। सिटिजन्स बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेलाई मातृशोक परेको छ।
उनकी आमा उर्मिलाको गए राति उपचारका क्रममा ७० वर्षको उमेरमा निधन भएको हो। उर्मिलाका पति र तीन सन्तान छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजङ्ग पाण्डे उनका पति हुन्। उनको आजै बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
उर्मिलाका तीन छोरा प्रंवलजङ्ग, प्रतापजङ्ग र प्रज्वलजङ्ग व्यवसायी हुन्।